ad ad

राजनीति


याे निर्वाचन ओलीलाई प्रधानमन्त्री बनाउने कि देउवालाई भन्ने लडाईं हो : ईश्वर पोखरेल

याे निर्वाचन ओलीलाई प्रधानमन्त्री बनाउने कि देउवालाई भन्ने लडाईं हो : ईश्वर पोखरेल

नेपालखबर
असोज ३०, २०७९ आइतबार ७:१७, काठमाडौँ

नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अबको निर्वाचन केपी ओलीलाई प्रधानमन्त्री बनाउने कि शेरबहादुर देउवालाई बनाउने भन्ने लडाईंका रुपमा बुझ्नुपर्ने बताएका छन्। 

नेकपा एमालेसँग जनताको चाहना पूरा गर्ने सपना र योजना रहेको तर गठबन्धनसँग कुनै सोच, योजना, दृष्टिकोण भविष्य र गन्तव्य नरहेको उनले बताए।

डेंगु महामारी नियन्त्रण गर्न शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार असफल भएको उनको भनाई छ। 

काठमाडौं क्षेत्र नम्बर ५ निर्वाचन परिचालन कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले डेंगु नियन्त्रणका लागि वर्तमान सरकार उदासीन र असफल भएको भन्दै चिन्ता व्यक्त गरेका हुन्।

आफूहरुको पालामा कोरोना महामारी नियन्त्रणका लागि गरिएका प्रयासबारे जानकारी दिँदै उनले नेपालमा कोरोना परीक्षण गर्ने कुनै ल्याब नहुँदा पनि केपी ओली नेतृत्वको सरकारले ८८ वटा कोरोना परिक्षण केन्द्र स्थापना गरेको जानकारी दिए ।

एमालेलाई मतदान गरि विजयी गराउन वरिष्ठ उपाध्यक्ष पोखरेलले  मतदाताहरुलाई आह्वान गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .