राजनीति


माओवादीको घोषणापत्र मस्यौदा समिति सदस्य हुसेन एमालेमा प्रवेश

माओवादीको घोषणापत्र मस्यौदा समिति सदस्य हुसेन एमालेमा प्रवेश

एमालेमा प्रवेश गरेका हुसेनलाई स्वागत गर्दै अध्यक्ष केपी शर्मा ओली


नेपालखबर
असोज २७, २०७९ बिहिबार २२:५६, विराटनगर

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा माओवादी केन्द्रको घोषणापत्र मस्यौदा समितिका सदस्य जाकिर हुसेन नेकपा एमालेमा प्रवेश गरेका छ्न्। 

माओवादी केन्द्रीय सल्लाकार समिति सदस्य तथा पूर्व राज्यमन्त्री हुसेनले पार्टी त्यागेको घोषणा गरेलगत्तै एमालेमा प्रवेश गरेका हुन्। 

उनले सामाजिक सञ्जालमा माओवादी छाडेको घोषणा गरेलगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरे।

उनी सुनसरीबाट यो निर्वाचनमा उमेदवारको आकांक्षी थिए। तर पार्टीले टिकट नदिएपछि असन्तुष्ट बनेका हुसेनले माओवादी छाडेर एमालेमा प्रवेश गरेका हुन्। 

'कसैलाई कुनै आरोप प्रत्यारोप नगरी आफ्नै इच्छा र स्वविवेकले माओवादी केन्द्र परित्याग गरेको घो षणा गर्दछु', उनले ओलीलाई भेट्न बालकोट जानुअघि लेखेका थिए।  

२०७४ सालको प्रदेशसभा निर्वाचनमा हुसेन सुनसरी क्षेत्र नम्बर ४ 'क' मा वामगठबन्धनको तर्फबाट उमेदवार बनेका थिए।

तर,आसन्न निर्वाचनमा गठबन्धनको तर्फबाट सुनसरी क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा र दुवै प्रदेशसभा काङ्ग्रेसले लगेपछि माओवादी नेताहरु रुष्ट छन्।

यसअघि टिकट एमालेले टिकट नदिने भएपछि सुनसरीको इटहरीका एमाले नेता द्वारिकलाल चौधरी माओवादीमा प्रवेश गरेका छन्। उनलाई माओवादीले प्रदेशको टिकट दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad