ad ad

राजनीति


भीम रावलले एमाले नछाड्ने, मंसिरको चुनावमा पार्टीलाई जिताउन खटिने

भीम रावलले एमाले नछाड्ने, मंसिरको चुनावमा पार्टीलाई जिताउन खटिने

पत्रकार सम्मेलनका क्रममा नेता भीम रावल। तस्बिर : विशाल कार्की/नेपालखबर


नेपालखबर
असोज २७, २०७९ बिहिबार १३:५१, काठमाडौँ

नेकपा एमालेका नेता डा. भीम रावलले पार्टी नछाड्ने भएका छन्।

अछाम क्षेत्र नम्बर १ बाट सिफारिस हुँदा पनि अध्यक्ष केपी शर्मा ओलीले टिकट खोसिदिएपछि आक्रोशित उनले बिहीबार पत्रकार सम्मेलन गर्दै पार्टीमै बसेर संघर्ष गर्ने बताएका हुन्।

ओलीमाथि दर्जनौँ आरोप लगाएका उनले अहिलेको अवस्थामा मंसिर ४ गते हुने आमनिर्वाचनमा पार्टीलाई जिताउनु आफ्नो प्राथमिकता रहेको बताएका छन्।

उनले अन्तिम बिन्दुसम्म पनि पार्टीलाई ठीक ठाउँमा ल्याउने विश्वास आफूमा रहेको बताए।

'जसरी अहिले दक्षिणपन्थी र प्रतिक्रियावादीहरूसँग एमालेले साँठगाँठ गरेको छ। यो विकृत अवस्थाबाट पार्टीलाई बाहिर निकाल्न सकिने मलाई विश्वास छ', उनले भने, 'एमाले कसैको कम्पनी र व्यक्तिगत सम्पत्ति पनि होइन। एमालेसँग करोडौं जनता र कार्यकर्ताको भरोसा छ। त्यसैले म अन्तिम बिन्दुसम्म पनि पार्टीमै बसेर संघर्ष गर्न तयार छु।'

रावलले अछाम १ को टिकट ओलीले खोसे पनि आफू पार्टीलाई जिताउन निर्वाचनमा होमिने बताए। 

'म अब पार्टी र पार्टीका उम्मेदवारलाई जिताउने अभियानमा होमिन्छु', उनले भने, 'त्योबाहेक अहिलेलाई मेरो अर्को उद्देश्य छैन। पार्टीलाई दक्षिणपन्थीहरुको हातबाट बाहिर निकाल्न अन्तिम समयसम्म संघर्ष गर्नेछु।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .