गोरखा–२ मा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका पुष्पकमल दाहाल प्रचण्डविरुद्ध बागी उम्मेदवारी दिएकी कांग्रेसकी माधवी भट्टले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छिन्।
पार्टीभित्र र बाहिर राजनीतिक शुद्धीकरण आवश्यक रहेको बताउँदै उम्मेदवारी दिएकी उनले बुधबार आफ्नो उम्मेदवारी फिर्ता लिएकी हुन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफूले उम्मेदवारी फिर्ता लिनुको कारण खोलेकी छिन्।
उनले पार्टीका शीर्ष नेताहरुले गरेको आग्रहको कारण उम्मेदवारी फिर्ता लिए पनि पार्टीभित्र र बाहिर राजनीतिक शुद्धीकरणको अभियाबाट भने आफू पछि नहटेको जिकिर गरेकी छिन्।
उनले भनेकी छिन्, ‘काठमाडौँ क्षेत्र नं. २ लाई राजनीतिक कर्मथलो बनाए पनि मेरो उम्मेदवारीसँगै सहयोग र समर्थनमा उभिनु भएका मेरो जन्मस्थल गोरखा जिल्लाका पार्टी पङ्तिभित्र रहनुभएका र बाहिर रहनु भएका हजारौँ व्यक्तिहरूप्रति म यस पटक चुनावी मैदानमा रहन नसके पनि तपाईँहरूसँग निरन्तर सम्पर्कमा रहिरहने वाचा गर्दछु। आफ्नो उम्मेदवारीलाई निरन्तरता दिन नसकेकोमा म मतदातासँग माफी माग्दछु।’
Shares

प्रतिक्रिया