ad ad

राजनीति


कञ्चनपुर २ मा गठबन्धनका 'बागी' फिर्ता, एमालेका मैदानमै

कञ्चनपुर २ मा गठबन्धनका 'बागी' फिर्ता, एमालेका मैदानमै

फाइल तस्बिर


नेपालखबर
असोज २६, २०७९ बुधबार १६:५४, कञ्चनपुर

कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका 'बागी' उम्मेदवार फिर्ता भएका छन्।

क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवारी दिएका दुईजना पछि हटेको मुख्य निर्वाचन अधिकृत मोहनी प्रसाद जोशीले जानकारी दिए।

उनका अनुसार प्रदेश सभा (१) मा स्वतन्त्र उम्मेदवारी दिएका जितबहादुर करियाँग्रौहा र प्रदेश सभा (२) मा जोगराज भण्डारीले उम्मेदवारी फिर्ता लिएका छन्।

सत्ता गठबन्धनबाट क्षेत्र नम्बर २ को प्रतिनिधि सभातर्फ कांग्रेसका केन्द्रीय सदस्य पूर्वमन्त्री एनपी साउद उम्मेदवार रहेका छन्। 

प्रदेश सभा (१) मा माओवादी केन्द्रका ओम विक्रम भाट (सरल) र प्रदेश सभा (२) मा कांग्रेसका बहादुरसिंह थापा उम्मेदवार छन्।

कारियाँग्रौहाले माओवादीका भाट र भण्डारीले कांग्रेसका थापालाई समर्थन गरेका छन्। उता नेकपा एमालेका बागी उम्मेदवार भने फिर्ता भएका छैनन्। 

टिकट वितरणमा असन्तुष्टि जनाउँदै एमालेमा विद्रोह गर्दै स्वतन्त्र उम्मेदवार बनेका टेकबहादुर हमालको उम्मेदवारी यथावत रहेको छ। उनी प्रदेश सभा २(१) मा उम्मेदवार छन्।

नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभातर्फ निवर्तमान सांसद नरबहादुर धामी, प्रदेश सभा (१) मा बचनबहादुरु सिंह र प्रदेश सभा (२) मा कृपाराम राना उम्मेदवार रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .