भारतको उत्तर प्रदेश राज्यका पूर्व मुख्यमन्त्री मुलायम सिंह यादवको ८२ वर्षको उमेरमा निधन भएको छ।
समाजवादी पार्टीका संस्थापक समेत रहेका उनको निधन भएको पुष्टि भारतीय सञ्चारमाध्यमले गरेका छन्।
समाजवादी पार्टीले ट्वीट गर्दै आफ्ना संस्थापक नेताको निधन भएको जानकारी दिएको छ।
एक हप्तादेखि हरियाणाको गुरुग्रामस्थित मेदान्त अस्पतालमा उनको उपचार चलिरहेको थियो।
उनी सन् १९८९ मा पहिलो पटक उत्तर प्रदेशको मुख्यमन्त्री बनेका थिए। उनले ३ पटकसम्मत प्रदेश सरकारको नेतृत्व गरे।
आफ्नो राजनीतिककालमा उनी केन्द्रीय सरकारमा रक्षामन्त्री पनि भएका थिए।
75
Shares

प्रतिक्रिया