ad ad

राजनीति


नेकपाले फागुन र चैतमा सातै प्रदेशमा सभा गर्ने

नेकपाले फागुन र चैतमा सातै प्रदेशमा सभा गर्ने

नेपालखबर
मंसिर २९, २०७६ आइतबार १३:५८,

सत्तारुढ नेकपाले फागुन र चैत महिनामा सातै प्रदेशमा वृहत सभा गर्ने भएको छ ।

आइतबारबाट शुरु भएको स्थायी समितिको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा वृहत सभामा प्रदेश तथा केन्द्रका नेताहरुले सम्बोधन गर्ने प्रस्ताव गरिएकाे छ।

फागुन र चैत्र महिनामा सातै प्रदेशमा वृहत् जनसभाको आयोजना गर्ने र ती सभाहरूमा प्रदेश र केन्द्रीय नेतृत्व समेतबाट सम्बोधनका कार्यक्रम राख्ने प्रतिवेदनमा उल्लेख छ ।

आगामी कार्यक्रममा रुपरेखा शीर्षकमा नेकपाले आगामी ६ महिनाभित्र गर्ने कार्यक्रमहरुको फेहरिस्त राखिएको छ।

त्यसअनुसार माघको पहिलो साता केन्द्रीय समितिको बैठक राख्ने प्रस्ताव छ। बैठकमा सहभागी नेताहरुले जारी स्थायी समितिको बैठकबाट केन्द्रीय समितिको मिति तय हुने बताए।

एमाले र माओवादी पार्टी एकीकरणबाट बनेको नेकपाको अहिलेसम्म एकपटक मात्र केन्द्रीय समितिको बैठक बसेको छ।

पार्टीले घोषणा गरेका आगामि कार्यक्रम

  • आगामि माघको पहिलो हप्ताभित्र केन्द्रीय समितिको बैठक गर्ने।
  • केन्द्रीय समितिको बैठकबाट ३ महिने कार्यक्रम निर्धारण गरी सातै प्रदेश एवम् विशेषप्रदेशहरूमा भेला, प्रशिक्षण र बैठक सञ्चालन गर्ने।
  • सबै प्रदेश, विभाग, जनवर्गीय संगठन र मोर्चाहरूलाई आ-आफ्नो कार्यक्षेत्र भित्र ३ महिने कार्यक्रम बनाईसंगठन विस्तार र सुदृढ गर्ने तथा जनसम्बन्ध विस्तार र सदृढ गर्न ठोस कार्ययोजना बनाईकार्यन्वयन गर्ने। 
  • प्रदेशका तर्फबाट सबै जिल्लाहरूका भेला, प्रशिक्षण र बैठकहरूको आयोजना गर्ने तथा व्यापकजनपरिचालनमा जोड दिने। सोही अनुसार प्रदेश र जिल्लाका तर्फबाट सबै स्थानीयसमितिसम्म त्यसप्रकारका कार्यक्रमहरू सञ्चालन गर्ने।
  • फागुन र चैत्र महिनामा सातै प्रदेशमा वृहत् जनसभाको आयोजना गर्ने तथा तीसभाहरूमा प्रदेश र केन्द्रीय नेतृत्व समेतबाट सम्बोधनका कार्यक्रम राख्ने।
  • केन्द्रीय समितिको बैठकलगत्तै संगठन विभागका तर्फबाट पार्टी सदस्यहरूको अभिलेखसंकलन, सदस्यता नवीकरण, लेबी कोटा उठाउनेदेखि अन्य संगठनात्मक कामहरूलाईव्यवस्थित पार्ने।
  • पहिलो ३ महिने कार्ययोजना पुरा गरी अर्को कार्ययोजना अवधिलाई जिल्ला पार्टी अधिवेशनतयारी अवधिका रुपमा अगाडि बढाउने।
  • २०७७ सालको अन्त्यसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने उद्देश्यका साथ पाटी, विभाग, जनवर्गीय संगठन र अन्य सबै मोर्चाका कामहरूलाई व्यवस्थित पार्न जोड गर्ने।
  • सबै स्तरका पार्टी कमिटिहरूले स्थानीय प्रादेसिक र केन्द्रीय सरकारको कामलाई प्रभावकारीबनाउन आ-आफ्नो स्तरमा ठोस कार्ययोजना तयार पारी कार्यान्वयन गर्ने।
  • सबै स्तरमा पार्टी र मोर्चाहरूलाई श्रम उत्पादन कार्य, र जनसेवाका विविध कार्यक्रम बनाईनिरन्तर क्रियाशील बनाउन जोड दिने, समाजवाद उन्मुख आर्थिक आधार तयार पार्नपार्टीले ठोस पहल लिने। सार्वजनिक, निजी र सहकारी क्षेत्रको समन्वयमा सामाजिक न्यायसहित आर्थिक विकासका साना-ठूला परियोजनाका सञ्जाल निर्माण गर्ने। स्थानीय तहदेखि नै समाजवादको आधार तयार पार्न नेकपाले नेतृत्वदायी भूमिका खेल्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .