रुकुम पश्चिममा प्रतिनिधि सभा सदस्यका लागि जनार्दन शर्मा (प्रभाकर)ले मनोनयन दर्ता गराएका छन्। माओवादी केन्द्रका प्रभावशाली नेता शर्माले प्रतिनिधि सभाको लागि गठबन्धनको तर्फबाट मनोनयन दर्ता गराएका हुन्।
उनले मुख्य निर्वाचन अधिकृतको कार्यालय रुकुम पश्चिममा पुगेर मनोनयन दर्ता गराएको माओवादी केन्द्र रुकुम पश्चिममा अध्यक्ष गोविन्द्र रोका (सचिन)ले जनाकारी दिए।
उनका अनुसार माओवादीबाटै प्रदेश सभा (क) को लागि महेन्द्र केसी र प्रदेशसभा (ख) को लागि राजकुमार शर्माले मनोनयन दर्ता गराएका छन्।
33
Shares
प्रतिक्रिया