राजनीति


टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिँदै लोसपा नेतृ सुरिता

टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिँदै लोसपा नेतृ सुरिता

नेपालखबर
असोज २३, २०७९ आइतबार १०:४९, जनकपुरधाम

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता एवं पूर्व राज्यमन्त्री सुरिताकुमारी साहले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेकी छन्। 

लोसपाले सत्तारुढ गठबन्धनसँग चुनावी तालमेल गरेपछि सुरिताको टिकट काटिएको हो। साहले महोत्तरी २ (ख) बाट प्रदेशसभामा फेरि चुनाव लड्ने तयारी गरेकी सो क्षेत्र नेपाली कांग्रेसको भागमा परेको हो। 

२०७४ सालको निर्वाचनमा महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट सुरिता १५ हजार ४ सय ४० मत ल्याएर विजयी भएकी थिइन्। उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजकरणप्रसाद साह सुडीले ६ हजार ४ सय ९७ मत ल्याएका थिए। 

फेरि सोही क्षेत्रमा दोहरिने तयारी गरेकी सुरिताले टिकट नपाएपछि आफू स्वतन्त्र रहेर भए पनि उम्मेदवारी दिने जानकारी दिइन्। सो क्षेत्रमा मतदाताले यसअघिको निर्वाचनमा प्रचण्ड मत दिएको तर यसपटकको निर्वाचनमा गठबन्धनको नाममा टिकट काटेर आफूलाई अन्याय गरिएको आरोप सुरिताले लगाएकी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad