राजनीति


पृथ्वीसुब्बाले प्रतिनिधिसभाको टिकट पाउँदा खगराज अधिकारी प्रदेशतिर झरे

पृथ्वीसुब्बाले प्रतिनिधिसभाको टिकट पाउँदा खगराज अधिकारी प्रदेशतिर झरे

फाइल तस्बिर


नेपालखबर
असोज २२, २०७९ शनिबार २१:१४, काठमाडौँ

गण्डकी प्रदेशको नेकपा एमालेभित्र शक्तिको लडाइँ चल्ने दुई नेता हुन् पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारी। 

यी दुईमध्ये गुरुङ २०७४ सालको निर्वाचनमा लमजुङबाट प्रदेशसभामा विजयी भएका थिए। उनी गण्डकी प्रदेशमा करिब साढे ३ वर्षसम्म वाम गठबन्धनबाट मुख्यमन्त्र पनि भए।

यो पटकको निर्वाचनमा पनि उनी प्रदेशसभामै झरेर मुख्यमन्त्रीमा दोहोरिने योजनामा थिए।

तर उनको यो योजनाविपरीत एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभाको टिकट दिएका छन्। 

उनले अब कांग्रेस-माओवादी गठबन्धनबाट उम्मेदवार बनेका माओवादी महासचिव देव गुरुङसँग प्रतिनिधिसभाका लागि लमजुङमा प्रतिस्पर्धा गर्ने भएका छन्। 

कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बनेका गुरुङ २०७४ को प्रदेश निर्वाचनमा लमजङ ‘ख’ बाट प्रदेशसभा सदस्यमा विजयी भएका थिए।

लमजुङको प्रदेश (ख) बाट गुरुङले २३ हजार १ सय ८८ मत ल्याएर विजयी भएका थिए। 

त्यसबेला नेपाली कांग्रेस उम्मेदवार कृष्णप्रसाद कोइरालालाई उनले ८ हजार ६६ मतान्तरले हराएका थिए। 

उता गृह र स्वास्थ्यमन्त्री समेत भइसकेका एमाले संगठन विभाग प्रमुख खगराज अधिकारीलाई अध्यक्ष ओलीले प्रदेशमा झारेका छन्। 

२०७४ को निर्वाचनमा कास्की क्षेत्र नम्बर १ बाट विजयी भएका उनलाई यो पटक एमालेले त्यही क्षेत्रको 'क' बाट प्रदेशसभाको उम्मेदवार बनाउने निर्णय लिएको हो। 

पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका अधिकारीले २०७४ को निर्वाचनमा कांग्रेसका यज्ञबहादुर थापालाई पराजित गरेका थिए। 

बहालवाला कानुनमन्त्री थापालाई पराजित गर्ने क्रममा त्यसबेला अधिकारीले ४९२४२ मत प्राप्त गरेका थिए। थापा थापा २५८२६ मतमा समेटिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad