ad ad

राजनीति


बाथरुममा लडेर एमाले पोलिटब्युरो सदस्य बालकृष्ण ढुंगेलको निधन

बाथरुममा लडेर  एमाले पोलिटब्युरो सदस्य बालकृष्ण ढुंगेलको निधन

नेपालखबर
असोज २२, २०७९ शनिबार १३:०, काठमाडौँ

ओखलढुंगास्थित नेकपा एमालेका नेता तथा पूर्वमाओवादी नेता बालकृष्ण ढुंगेलको निधन भएको छ।

माओवादीले चलाएको जनयुद्धका क्रममा ओखलढुंगाकै उज्जनकुमार श्रेष्ठको हत्या अभियोग लागेर शान्ति प्रक्रियापछि जेल जीवनसमेत बिताएका उनी पछिल्लो समय एमालेमा थिए।

ढुंगेल माओवादीका तर्फबाट ०६४ मा ओखलढुंगाबाट संविधानसभा सदस्य निर्वाचित भएका थिए। 

उनको शनिबार बिहान काठमाडौंको जडीबुटीस्थित निवासको बाथरुममा चिप्लिएर लड्दा निधन भएको हो।

घरमा एक्लै रहेका उनको निधनपछि आफन्त र एमाले कार्यकर्ता भेला भइरहेका छन्।

मिर्गौला फेलसहित मुटुकाे समेत समस्या झेलिरहेका उनी एमालेको पोलिटब्युरो सदस्य थिए।

२०६४ को संविधानसभा निर्वाचनमा माओवादीबाट निर्वाचित उनी तत्कालीन नेकपा भंग हुँदा माओवादी छाडेर एमालेमै रहेका थिए।

उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा उनलाई सर्वोच्च अदालतले २०६६ सालमा सर्वस्वसहित जन्मकैद सुनाएको थियो। जिल्लाको फैसला सदर गर्दै सर्वोच्चले सुनाएको उक्त फैसलाका कारण उनी जेल पुगेका थिए।

तर उनले २०७४ मा आममाफी पाउँदै जेलबाट छुटेका थिए। उनी आफूलाई जेल हालिँदा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुनै चासो नदिएको भन्दै रुष्ट थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .