राजनीति


मधेसमा आधा–आधा भागबन्डा गर्ने एमाले र जसपाबीच सहमति

मधेसमा आधा–आधा भागबन्डा गर्ने एमाले र जसपाबीच सहमति

नेपालखबर
असोज २२, २०७९ शनिबार ८:३४, काठमाडौँ

मधेस प्रदेशमा रहेका प्रतिनिधिसभाका ३२ सिटमध्ये नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) वीच बराबरी भागबन्डा हुने भएको छ । यस अनुसार एमालेले १६ र जसपाले १६ सीटमा भागबन्डा गर्ने सहमति जुटेको छ।

प्रत्यक्षतर्फ प्रदेशसभाका ६४ सिटमा पनि बराबरी, अर्थात ३२–३२ सिटमा भागबन्डा गर्ने सहमति जुटेको नेकपा एमालेका एक नेताले नेपालखबरलाई जानकारी दिए । 

‘प्रतिनिधिसभामा १६–१६ सिटमा भागबन्डा गर्ने सैद्धान्तिक सहमति जुटेको छ, केही सिटमा कुरा मिल्न बाँकी छ,’ ती नेताले भने आजै मधेस प्रदेशका उम्मेदवारहरुको पनि नाम सार्वजनिक हुन्छ । 

ती नेताका अनुसार लोसपाबाट एमालेमा प्रवेश गरेका उमाशंकर अरगरियालाई एमालेले टिकट दिन खोजेको धनुषा २ मा जसपाको विरोधका कारण सहमति जुट्न बाँकी छ ।

त्यस्तै बारा ३, महोत्तरी २ र धनुषा ४ मा कसलाई उठाउने भन्ने सहमति जुट्न बाँकी रहेको  तर उपेन्द्र यादव र केपी ओलीवीच आज विहानैदेखि छलफल जारी रहेको स्रोतले बतायो।

याे पनिप्रदेश १ : २८ मध्ये २५ सिट एमालेलाई, दुइटा जसपा र एउटा सिट राप्रपालाई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .