ad ad

राजनीति


देउवा, ओली र प्रचण्डसँग को–को भिड्दै छन्?

देउवा, ओली र प्रचण्डसँग को–को भिड्दै छन्?

फाइल फाेटाे


नेपालखबर
असोज २२, २०७९ शनिबार ६:४५, काठमाडौँ

आगामी मंसिर ४ मा हुने चुनावका लागि उम्मेदवारहरुको नाम धमाधम सार्वजनिक भइरहेको छ। यस क्रममा विभिन्न दलका शीर्ष नेताहरुसँग चुनावी प्रतिस्पर्धा गर्न पाउने नेताहरुको चर्चा पनि खास हुने गर्दछ। 

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग झापा क्षेत्र नम्बर ५ मा माओवादीका युवा नेता रञ्जित तामाङ लड्ने चर्चा थियो। तर, यो चुनाव क्षेत्रबाट माओवादी पछि हटेको छ। अब माओवादीले यस क्षेत्रमा एउटा प्रदेश पाएको छ भने कांग्रेसले संघ र प्रदेश पाएको छ।

नेपाली कांग्रेसले केपी ओलीसँग कसलाई भिडाउँछ भन्ने टुंगो लागिसकेको छैन, तथापि ०७४ कै उम्मेदवार खगेन्द्र अधिकारी गठबन्धनका तर्फबाट उम्मेदवार बन्ने चर्चा छ।

त्यसो त झापा ५ मा केपी ओलीसँग स्वतन्त्रका तर्फबाट युग पाठकले पनि चुनाव लड्ने गरी प्रचार प्रसार तीव्र पारेका छन्। सक्किगो नि टेली सिरियलका कलाकार ‘जिग्री ब्रो’ ले पनि ओलीविरुद्ध उम्मदेवारी दिने घोषणा गरेका छन्। ०७४ को चुनावमा केपी ओलीसँग १४ जनाले चुनाव लडेका थिए। 

उता शेरबहादुर देउवाले उम्मेदवारी दिने डडेलधुरामा एमालेले नयाँ रणनीति अपनाएको छ। नेपाली कांग्रेसका विद्रोही कर्ण मल्लले बीपी कांग्रेसका तर्फबाट उम्मदेवारी दिएपछि त्यहाँ एमालेले कर्ण मल्ललाई नै सघाउने निर्णय गरेको बुझिएको छ।

चितवन ३ छाडेर गोरखा २ मा चुनाव लड्ने निर्णयमा पुगेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध एमालेले युवा उम्मेदवार अब्दुस मियालाई उठाउने भएको छ। 

त्यसो त गोरखा २ मा कांग्रेसबाट प्रचण्डविरुद्ध बागी उम्मेदवाररीसमेत पर्ने भएको छ। कांग्रेस नेतृ डा. माधवी भट्टले प्रचण्डविरुद्ध उम्मेदवारी दिने घोषणा गरेकी छन्।

एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल रौतहट १ बाट चुनाव लड्दै छन्। 

एकीकृत समाजवादीका सर्वोच्च नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल इलामको क्षेत्र नम्बर १ बाट चुनाव लड्दै छन्। खनालसँग एमालेले स्थानीय नेता महेश बस्नेतलाई भिडाउने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .