राजनीति


गंगा चौधरीले एमाले छाडिन्, दाङ–१ बाट स्वतन्त्र उम्मेदवारी दिने

गंगा चौधरीले एमाले छाडिन्, दाङ–१ बाट स्वतन्त्र उम्मेदवारी दिने

फाइल तस्बिर


नेपालखबर
असोज २१, २०७९ शुक्रबार १३:९, काठमाडौँ

नेकपा एमालेकी नेतृ गंगा चौधरी (सत्गौवा)ले स्वतन्त्र उम्मेदवारी दिने भएकी छिन्।

उनले आफू स्वतन्त्र उम्मेदवार भएर जनताको बीचमा आउन लागेको सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छिन्। 

‘आज मैले ठिक निणर्य गरे या बेठिक मलाई थाहा छैन राष्ट्र र राष्ट्रियताको लागि म सधैं लागि रहने छु जनता भगवान हुन जनता नै सर्वपरि हुन देशलाई शिरमाथि राखेर आज स्वतन्त्र उमेदवार भएर जनताको बिचमा आउदैछु हजुरहरुको साथ चाहिएको छ,’ चौधरीले भनेकी छिन्। 

चौधरी दाङ–१ बाट स्वतन्त्र उम्मेदवार दिने नेपालखबरलाई बताइन्। ‘हामीजस्तो कार्यकर्तालाई पार्टीले मुल्याकंन नगरेपछि यो निर्णय गरेको हुँ,’ चौधरीले नेपालखबरसँग भनिन्, ‘बाहिरबाट ल्याएर उम्मेदवार ल्यायो भने कसलाई स्वीकार्य हुन्छ र?’

उनी नेकपा एमालेबाट ०७४ को प्रतिनिसभामा समानुपातिकतर्फ सांसद बनेकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad