नेकपा मााओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले प्रतिगमन पुरै परास्त नहुँदासम्म निरन्तर कायम रहोस् भन्ने चाहना आफूहरुको रहेको बताएको छ।
प्रचण्डकी स्वकिय सचिव समेत रहेकी छोरी गंगा दाहालले सामाजिक सञ्जालमार्फत प्रतिगमनविरुद्ध संविधानको रक्षा र अग्रगमनका पक्षमाआम नेपाली जनताको मतको सम्मान गर्दै गठबन्धन बनेको दाबी गरेकी छिन्।
‘गठबन्धन कुनै राजनीतिक लाभहानी भन्दा पनि प्रतिगमनविरुद्ध संविधानको रक्षा र अग्रगमनका पक्षमाआम नेपाली जनताको मतको सम्मान गर्दै बनेको हो,’ दाहालले भनेकी छिन्, ‘सत्ता या अरु लाभहानी खोज्न चाहना राखेको भए दुई–दुई पटक संविधानमाथि प्रहार भएको परिस्थितिमा गठबन्धनका दलहरुले एमालेसँग मिलेर सत्तालाभ लिन सक्थे। तर लोकतन्त्रप्रतिको निष्ठाका कारण गठबन्धनका दलहरु जिम्मेवार बने र संविधानको रक्षा गर्दै स्वभाविक प्रकृतिको निर्वाचनसम्म हामी पुगेका हौं।’
प्रतिगमनकारी, संघीय लोकतन्त्र बिरोधी शक्तिहरु सिट बाँडफाँडमा कुरा नमिलेर गठबन्धन भत्काउने षडयन्त्र गर्ने र प्रतिगमनतर्फ देशलाइ लैजाने दिवासपना देखिरहेको उनले बताएकी छिन्।
‘अहिले प्रतिगमनकारी, संघीय लोकतन्त्र बिरोधी शक्तिहरु सिट बाँडफाँडमा कुरा नमिलेर गठबन्धन भत्काउने षडयन्त्र गर्ने र प्रतिगमनतर्फ देशलाइ लैजाने दिवास्वप्न देखिरहेका हुन सक्छन्। तर गठबन्धन वैचारिक र राजनीतिक उद्देश्यको जगमा निर्माण भएको हो,’ उनले भनेकी छिन्, ‘केही असहमति हुन सक्छ तर यो गणतन्त्र संस्थागत नहुँदासम्म र प्रतिगमन पुरै परास्त नहुँदासम्म निरन्तर कायम रहोस भन्ने हामी सबैको चाहना हो। यो मूल मर्मबाट कोही दायाँबायाँ हुन्छन्, भने त्यो लोकतंत्र , संघीयता र हामीले प्राप्त गरेका उपलब्धिमाथि घात हुनेछ।’
Shares

प्रतिक्रिया