राजनीति


बिहानैदेखि बालुवाटारमा गठबन्धन बैठक, सहमति कोसिसमा कार्यदल र शीर्ष नेता

बिहानैदेखि बालुवाटारमा गठबन्धन बैठक, सहमति कोसिसमा कार्यदल र शीर्ष नेता

फाइल तस्बिर


नेपालखबर
असोज २०, २०७९ बिहिबार १९:८, काठमाडौँ

आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सिट बाडँफाँटको अन्तिम टुंगो गर्न सत्ता गठबन्धनको बैठक बालुवाटारमा बसिरहेको छ।

नमिलेका र सहमति नजुटेका सिटमा सहमति जुटाउन गठबन्धनका शीर्ष नेताहरू र कृष्ण सिटौला नेतृत्वको कार्यदलको बैठक बालुवाटारमा जारी छ।

यो बैठक बिहान ८ बजेदेखि बसिरहेको छ। पाँच दलमा प्रदेशसभा तर्फको सिट बाँडफाँटमा सहमति नजुटेकोले बिहीबार बिहानदेखि नै बैठक बसेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।

माओवादी महासचिव तथा कार्यदल सदस्य देव गुरुङका अनुसार काङ्ग्रेस-जसपा, काङ्ग्रेस-एकीकृत समाजवादीबीच केही सिट  बाँडफाँटमा सहमति जुटेको छैन। 

यस्तै प्रदेश सभाको कुरा नमिलेकोले  प्रतिनिधि सभाको पनि मिलेको सिटको सहमति घोषणा हुन सकेको छैन। 

प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको १६५ र प्रदेश सभाको ३३० को उम्मेदवार मनोनयन २३ असोजमा तय भएको छ। त्यसअघि नै पाँच दल मिलाउने कोसिसमा लागेका हुन्।

यसैबीच सत्ता गठबन्धन घटक जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीसँग वार्ताका लागि बालकोट पुगेका छन्।

उनी एमालेसँग बढीमा २५ सिटमा चुनावी तालमेल गर्ने यसअघिको अनौपचारिक समझदारीलाई औपचारिकता दिन बालकोट पुगेको स्रोतले जनाएको छ।

सत्ता गठबन्धनले जसपालाई १६ सिट मात्रै दिने भएपछि यादव असन्तुष्ट थिए। त्यहीकारण जसपा कार्यकारिणी समितिले सत्ता घटकबाहेकका दलसँग पनि चुनावी तालमेलको ढोका खुला गर्ने निर्णय लिइसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .