ad ad

राजनीति


सत्ता गठबन्धन समानुपातिक सूची मिलाउँदै, प्रत्यक्षको सिट बाँडफाँट प्रभावित

सत्ता गठबन्धन समानुपातिक सूची मिलाउँदै, प्रत्यक्षको सिट बाँडफाँट प्रभावित

फाइल तस्बिर


नेपालखबर
असोज १४, २०७९ शुक्रबार १४:१२, काठमाडौँ

गठबन्धन दलहरु प्रदेश सभाको सिटबाँटफाँट टुंगो नगर्दै समानुपातिक नाम टुंगो लगाउने कस्सिने भएका छन्। समानुपातिकतर्फको बन्दसूचीमा पेश गरिएको नाम सच्याउने अन्तिम म्याद असोज १६ सम्म छ।

दलहरुभित्र बन्द सूचीलाई तीव्र असन्तुष्टि भएका बेला संशोधनसहित मिलाउन जुटेका हुन्। जसले गर्दा प्रत्यक्षतर्फ हिसाब मिलाउने जिम्मा पाएको कार्यदल बैठक प्रभावित हुने भएको छ। 

शुक्रबार अपरान्ह ४ बजेपछि सत्तारुढ शीर्ष दलका नेताहरुको बैठक बस्दैछ। 

यदि शीर्षहरुको बैठकमा पनि समझदारी नबने १६ गते अघि प्रत्यक्षतर्फको सिट बाँडफाँटबारे निर्णय नहुने भएको छ।

‘हामी समानुपातिक नाम सच्याउन लागेका छौँ, शीर्ष तहमा समझदारी नजुटे केही दिन सिट भागवण्डाबारे निर्णय हुँदैन,’ एक नेताले नेपालखबरसँग भने, ‘सहमति भइसकेका कुरा पनि केही दिन रोकिनेछन्।’

प्रतिनिधि सभातर्फ सिट बाँडफाँट टुंगो लगाइसकेका गठबनधन दलले प्रदेश सभामा सहमति नजुटिसकेकाले हस्ताक्षर गरेको छैनन्।

प्रतिनिधिसभातर्फ ९ क्षेत्रमा दोहोरो दाबीमा समझदारी बनाएर मिलाउन प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी वा उपाध्यक्ष दुर्गा पौडेलसहितका नेताहरुबीच शुक्रबार अपरान्ह छलफल हुन लागेको हो।

प्रतिनिधि सभाका १६५ मध्ये १६० मा बाँडफाँट टुंगो लागिसकेको छ। जसमध्ये कांग्रेसले ८३, माओवादी केन्द्र ४४, एकीकृत समाजवादी १७, जसपा १५ र जनमोर्चाले २ सिट पाउने निश्चित छ। 

बाँकी पाँच क्षेत्रका लागि प्रदेश तर्फको बाँडफाँटका क्रममा सहमति जुटाउने तयारी छ।

माओवादी अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले सिट बाँडफाँट टुंगो लागेको जानकारी दिएका छन्। 

उनले दोहोरो दाबी भएका स्थानमा शीर्ष नेताहरु बसेर शुक्रबार नै मिलाउने दाबी गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .