राजनीति


गठबन्धनको कुनै दृष्टिकोण, उद्देश्य, कार्यक्रम र गन्तव्य छैन : ईश्वर पोखरेल

गठबन्धनको कुनै दृष्टिकोण, उद्देश्य, कार्यक्रम र गन्तव्य छैन : ईश्वर पोखरेल

फाइल तस्बिर


नेपालखबर
असोज १४ , काठमाडौँ

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन सरकारको कुनै गन्तव्य र उद्देश्य नरहेको बताएका छन्। काठमाडौंमा आयोजित दसैँ विशेष शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

उनले गठबन्धन सरकारको दृष्टिकोण, उद्देश्य, कार्यक्रम र गन्तव्य नरहेको भन्दै आगामी निर्वाचनबाट जनताले यसको फैसला गर्ने बताए।

उनले देशको आजको राष्ट्रिय राजनीति दुई ध्रुवमा विभाजित भएको भन्दै आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा जनताले मतदान गरेर राम्रो पार्टी र नेताहरुलाई जिताउन आग्रह गरे।

वरिष्ठ उपाध्यक्ष पोखरेलले देशको न्यायालय, कार्यापालिका, देशका अन्य अंगहरु चल्नै नसक्ने (प्यारालाइसिस) को अवस्थामा रहेको बताए।

आगामी निर्वाचनबाट नेकपा एमालेले जित निकाले मात्रै देशलाई समृद्धिको बाटोमा लैजान सकिने उल्लेख गरे।

‘आजको राष्ट्रिय राजनीति दुई ध्रुवमा विभाजित भएको छ। एउटा पोलको लिड एमालेले गरेको छ। जसको राजनीतिक एजेण्डाहरु आर्थिक विकास र समृद्धि, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता, सामाजिक सद्भाव अर्थात् देश बनाउने सपनाहरुको उजागर हो,’ पोखरेलले भने, ‘यो नेकपा एमालेले लिड गरेको पोल्टिकल पोल र एजेण्डाहरु हुन्। अर्कोतर्फ गठबन्धन छ। यो गठबन्धनको बारेमा मैले धेरै भन्नुपर्दैन, केही दिनअघि मात्रै आदरणीय मदनकृष्ण दाईले प्रस्तुतीमा राख्नुभएको थियो, म त्यो झल्झली सम्झन्छु।’ 

पोखरेलले कुनै दृष्टिकोण, उद्देश्य र कार्यक्रम नै नभएको गठबन्धन भएको बताए। ‘वास्तवमा हामीलाई त्यस्तै लाग्छ। जसको कुनै दृष्टिकोण छैन, उद्देश्य छैन,’ पोखरेलले भने, ‘कार्यक्रम छैन, गन्तव्य छैन। त्यो गठबन्धनको नामले चिनिएको छ। राष्ट्रिय राजनीतिको अर्को पोल यही गठबन्धन हो। त्यस कारणले आज देश दुई पोलमा विभाजित बनेको अवस्था छ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले तथ्य भन्दा फरक ढंगका समाचार सामग्री सार्वजनिक हुँदा समाजमा भ्रम फैलिरहेको बताए। उनले अहिले देशको विद्रुप रुप देखापरिरहेको बताए।

असोज १४, २०७९, शुक्रबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad