ad ad

राजनीति


एमालेले टुंग्याएन प्रत्यक्षतर्फका उम्मेदवार, समानुपातिकको सूची थपघट गर्ने अधिकार ओलीलाई

एमालेले टुंग्याएन प्रत्यक्षतर्फका उम्मेदवार, समानुपातिकको सूची थपघट गर्ने अधिकार ओलीलाई

फाइल तस्बिर


नेपालखबर
असोज १४, २०७९ शुक्रबार ७:४३, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएन। बिहीबार मध्यरातसम्म अध्यक्ष केपी शर्मा ओली निवास बालुवाटारमा बसेको बैठकले प्रत्यक्षतर्फका उम्मेदवारको सूची तयार नगरेको पार्टी प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए। 

संभावित उम्मेदवारहरुको बारेमा छलफल चलाएपनि कुनै ठोस निर्णय नभएको उनले बताए।

उनका अनुसार अर्को बैठकले यसबारे निर्णय लिनेछ। ‘२१ वा २२ गते बस्ने सचिवालय बैठकबाट हामी उम्मेदवारको टुंगो लगाउँछौं,’ गुरुङले बैठकपछि संचारकर्मीसँग भने। 

सचिवालयको अर्को बैठक गरेर उपयुक्त निर्णय लिने उनले बताए।

‘मंसिर ४ को प्रतिनिधिसभाको सिटमा को को उम्मेदवार हुने भन्नेबारे प्रारम्भिक छलफल भएको छ। संभावित उम्मेदवारको बारेमा हामीले छलफल चलाएका छौं, गुरुङले भने, ‘यो छलफल फेरि पनि केन्द्रीय हेडक्वार्टरले परामर्श लिने काम हुन्छ।’

समानुपातिक थपघटको जिम्मा ओलीलाई
त्यस्तै, एमाले सचिवालय बैठकले समानुपातिक सांसदको सूची थपघटको अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ। 

१हामीले जे लिस्ट तयार पारेको थियौं वा प्रस्ताव गरेको थियौं त्यसमा अध्यक्ष ज्यूलाई आवश्यक थप घट गर्न सक्ने अधिकार प्रत्यायोजन गरेका छौं,’ गुरुङले भने। 

निर्वाचन विभाग मार्फत निर्वाचन आयोगमा प्रस्तुत गर्ने काम केन्द्रीय हेडक्वार्टरले गर्ने उनले बताए। 

एमालेले यसअघि समानुपातिक निर्वाचनतर्फको बन्दसूची असोज ३ मा बुझाएको थियो। बन्दसूची हेरफेर गर्न आयोग १६ असोजसम्मको मिति तोकेको छ। 

आयोगको कार्यक्रम अनुसार आगामी २३ असोजमा मनोनयन दर्ताको कार्यक्रम छ। त्यसअघि राजनीतिक दलहरु उम्मेदवार टुंगो लगाउने कसरतमा लागेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .