शुक्रबार बुटलमा पैदल यात्राका क्रममा लडेर घाइते बनेका नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहको स्वास्थ्य अवस्था सामान्य रहेको मसालले जनाएको छ।
शनिबार एक विज्ञप्ति प्रकाशित गर्दे मसालका प्रवक्ता रामप्रकाश पुरीले महामन्त्री सिंहको निधारमा सामान्य चोटबाहेक अन्य अवस्था सामान्य रहेको बताएका छन्।
शुक्रबार सँझ बुटवलमा पैदलयात्राका क्रममा महामन्त्री सिंह सडकपेटीबाट लडेका थिए। त्यसपछि उनलाई उपचारका लागि कालिकानगरस्थित चौराहा अस्पताल लगिएको थियो।
अस्पतालले सबै चेकजाँच गरी सिंहको अवस्था सामान्य रहेको बताएको पुरीले जानकारी दिए। ‘महामनत्री लडेको भनेर केही सञ्चार माध्यममा खबर आएपछि देश विदेशबाट उहाँको स्वास्थ्य अवस्थाबारे चासो राखिएको छ’, प्रवक्ता पुरीले भने, ‘‘उहाँको अवस्था सामान्य छ, आज पनि उहाँ पार्टी काममै ब्यस्त हुनुहुन्छ।’
महामन्त्री सिंह लडेर गम्भीर घाइते भन्ने खालका समचार आएपछि मसालले विज्ञप्ति नै निकालेर त्यसको खण्डन गरेको हो।

प्रतिक्रिया