ad ad

राजनीति


नेताहरु काम गर्दैनन्, धेरै भाषणमा रमाउँछन् : सभामुख सापकोटा

नेताहरु काम गर्दैनन्, धेरै भाषणमा रमाउँछन् : सभामुख सापकोटा

नेपालखबर
असोज १०, २०७९ सोमबार १३:५५, काठमाडौँ

सभामुख अग्निप्रसाद सापकोटाले सरकारले पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिनुपर्ने बताएका छन्। 

सोमवार सिन्धुपाल्चोकको जुगल हिमाल रहेको पर्यटकीय क्षेत्र जुगल गाउँपालिकाको मुख्य–मुख्य पर्यटकीय स्थलहरुको फोटो पुस्तक ‘गन्तव्य जुगल’ सार्वजनिक कार्यक्रममा बोल्दै सभामुख सापकोटाले यस्तो बताएका हुन्। 

उनले पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिएर पर्यटन क्षेत्रको विकासमा सरकारले ध्यान दिन जरुरी रहेको बताए। उनले सिन्धुपाल्चोक जिल्लाको जुगल हिमाल नेपालको एक पर्वतीय उद्योग रहेको बताए। 

सभामुख सापकोटाले पर्वतीय क्षेत्रको विकास गर्नसके मात्रै देशमा पर्यटनको विकास हुनसक्ने जिकिर गरे।

सभामुख सापकोटाले स्थानीय र केन्द्र सरकारले पर्यटन विकासको लागि युवामैत्री नीति बनाउन आवश्यक रहेको पनि बताए। 

उनले राजनीतिक पार्टी तथा विकास निर्माणको योजना बनाउँदा युवाको सहभागिता बढाउन आवश्यक रहेको बताए। 

सभामुख सापकोटाले पछिल्लो समय राजनीतिक दलका ठूला नेताहरुको क्षणिक स्वास्र्थको लागि मात्रै भाषण गर्ने गरेको दाबी गरे। 

उनले स्थानीय तहको निर्वाचनपछि स्वतन्त्रको चर्चा भए पनि लोकतन्त्रमा राजनीतिक पार्टीको विकल्पमा स्वतन्त्र हुन नसक्ने बताए।

सभामुख सापकोटाले राजनीतिक पार्टीभित्र युवाहरुलाई प्रोत्साहन गर्ने र नेतृत्वदायी भूमिका दिनुपर्ने बताए। उनले नेताहरुले कार्यनीतिक फाइदाको लागि रणनीतिक बनाएर भाषण गर्ने तर काम पूरा नगर्ने प्रवृति बढेको बताए।

‘नेपालमा नेताहरुले बढी भाषण गर्ने चलन रहेको छ। तत्कालीन फाइदाको लागि भाषण गर्ने काम गर्ने प्रवृति छ। खुलस्त भन्नु पर्दा सट्साइटेट कार्यनीति फाइदाको लागि नेताहरुले भाषण गर्ने गरिएको छ। कार्यनीतिको फाइदाको लागि रणनीतिको सम्पूर्ण फाइदा लिने र तत्कालीन स्वार्थका लागि लागेको देखिन्छ। काम गरेर देखाउन एक्कसनमा जानुपर्छ। एक दुई तीन गरी काम गर्ने  योजनाका रुपमा जानुपर्छ। विकासको काममा युवाहरुको सहभागिता बढाउनुपर्छ', उनले भने, 'युवाहरुले धक्का नदिने हो भने मुलुकमा पर्यटन लगायत अन्य विकास अगाडि बढ्न सक्दैन। अहिले युवा भन्दा स्वतन्त्र आदि इत्यादिको चर्चा छ। स्वतन्त्रहरुले पनि आफ्नो ठाउँमा योगदान दिइरहेका छन्। युवाहरुको क्षमता बाहिर ल्याएका छन्। त्यो ठिक छ। तर अहिलेका लागि  लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र भएकाले पार्टीको विकल्प छैन। राजनीतिक पार्टीभित्र युवाहरुलाई प्रोत्साहन गर्ने र पार्टी भित्र युवाहरुले नेतृत्वदायी भएर अगाडि बढ्ने कुरामा ध्यान दिनुपर्छ। स्थानीय तहका सरकारहरुले पनि युवा मैत्री नीति बनाएर जानुपर्छ। केन्द्र सरकारले सबै भन्दा बढी युवा नीति बनाउन जरुरी छ। नेपालका पर्वतीय क्षेत्रहरु राष्ट्रिय उद्योग हो। यस्ता पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिनुपर्छ। सरकारको ध्यान अब पर्वतीय क्षेत्रको विकासमा हुनु पर्छ।’ 

उनले राजनीतिक पार्टीहरुले युवालाई प्रोत्साहन गर्ने विषयमा ध्यान दिन जरुरी रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .