ad ad

राजनीति


नेकपा एस पोहोर भदौमा जन्मियो, यो भदौमा बैँस आयो, अर्को भदौ पुग्दैन : ओली

नेकपा एस पोहोर भदौमा जन्मियो, यो भदौमा बैँस आयो, अर्को भदौ पुग्दैन : ओली

नेपालखबर
असोज ७, २०७९ शुक्रबार २०:४५, काठमाडौँ

अध्यक्ष ओलीले माधव नेपाल नेतृत्वको नेकपा (एस)को आयु तितेपातीको झारजति मात्र रहेको बताएका छन्। एमालेबाट फुटेको सो पार्टी मंसिर ४ गतेसम्म नटिक्ने दाबी समेत गरे।

‘एउटा सल्लाको रुख ५० वर्षमा बढ्दै हुन्छ। अर्को तितेपातीको बोट तीन महिनामा बुढो भइवरी मर्छ, जन्मेको तीन महिनामा,’ ओलीले भने, ‘एस पार्टी भन्ने छ नि, आजकाल। पोहोर भदौमा जन्मियो। अहिले भदौमा बैंस आयो। अर्को भदौ पुग्दैन। एस पार्टी तितेपातीको झारजस्तै हो।’

‘मान्छेले वरपिपलको लागि त चौतारो चिन्छ। किनभने त्यो बरपिपल सयौं वर्ष बाँच्छ। म सानो हुँदादेखिको वरपिपल छँदैछ। त्यति लामो आयु हुन्छ। त्यसकारण चौतारो चिन्छ। तितेपाती लगाउनु पर्यो भने चौतारो चिन्छ कसैले? चौतारो चिन्न पाएको छैन, तितेपाती बुढो भएर मरिसक्छ। त्यसकारण गठबन्धनमा भएका पार्टीहरु जतिजति उमेरका भएपनि आयु अनुसारको बुढा हुन्। बुढा पार्टीहरु। हाम्रो एमाले भनेको युवा पार्टी हो। एमाले युवा पार्टी हो,’ ओलीले भने।
 

आ–आफ्नो आयु अनुसार  सत्तारुढ दलहरु बुढो भएको र उनीहरुको आयु लेखिदिने काम भने एमालेले गर्नुपर्ने उनको भनाइ थियो। 

‘पोहोर बनेको भए पनि कुनै कुनै पार्टी बुढो पार्टी हो। पोहोर भदौतिर भत्किने गरी खोस्रन्थ्यो। होक्का, होक्का गथ्र्यो। यस्तो भित्ते देख्न हुँदैन थियो। सिंगौरी खेलेर। अहिलेसम्ममा भुइँ खोस्रिन छोडिसक्यो। सिंगौरी खेल्न छोडिसक्यो। लुसुलुसु परेर हिँडन थालिसकेको छ,’ उनले भने, ‘अलिपछि हेर्नुहोला मंसिर ४ पछि। टोपी निकालेर गालामा हात राखेर बस्ने हालतमा पुग्नेछ। यो तिनीहरुको नसिवको कुरा हो । उनीहरुको भविष्य हामीले कोरिदिनु पर्दछ।’

ओलीले एमालेलाई भ्रष्ट भन्नेहरु आफैँ भ्रष्टाचारी भएको आरोप पनि लगाए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .