ad ad

राजनीति


समानुपातिकको बन्दसूची : सबैभन्दा अन्तिममा बुझाउने कांग्रेस, एकीकृत समाजवादी र एमाले सँगसँगै

समानुपातिकको बन्दसूची : सबैभन्दा अन्तिममा बुझाउने कांग्रेस, एकीकृत समाजवादी र एमाले सँगसँगै

तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
असोज ४, २०७९ मंगलबार ९:३५, काठमाडौँ

आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि दलहरुले समानुपातिक तर्फका उम्मेदवारहरुको बन्दसूची निर्वाचन आयोगमा बुझाएका छन्। 

निर्वाचन आयोगले दिएको समयसीमाभित्र दलहरुले आयोगको कार्यालय पुगेर बन्दसूची बुझाएका हुन्। ठूला राजनीतिक दलहरुले ढिलोगरी बन्दसूची पेश गरेका थिए। 

सत्तारुढ मुख्य घटक नेपाली कांग्रेसले सबैभन्दा अन्तिममा समानुपातिक निर्वाचनको बन्दसूची बुझाएको छ। निर्वाचन आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीमा भाग लिनका लागि निवेदन दिएका ६८ दलमध्ये ४८ वटा दलले मात्र बन्दसूची बुझाएका छन्। 

जस अनुसार पहिलो नम्बरमा नेपाल समावेशी पार्टीले बन्दसूची बुझाएको छ। त्यस्तै, अन्तिम नम्बर अर्थात् ४८ औं नम्बरमा नेपाली कांग्रेसले बन्दसूची बुझाएको आयोगले जनाएको छ। 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले १७ औं नम्बरमा समानुपातिक बन्दसूची बुझाएको छ। एमालेबाटै विभाजन भएर गठन भएको नेकपा एकीकृत समाजवादी १६ औं नम्बरमा आयोग पुगेर समानुपातिक बन्दसूची बुझाएको जनाइएको छ।

माओवादी केन्द्रले ३४ औं नम्बरमा बन्दसूची आयोगसमक्ष बुझाएको छ। रवि लामिछानेको नेतृत्वमा गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीले ३२ औं नम्बरमा बन्दसूची बुझाएको हो।

दलहरु ढिलोगरी अयाोग पुग्दा सोमबार रातभर आयोगका कर्मचारीले बन्दसूची बुझेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .