ad ad

राजनीति


कमल थापाको पार्टीका अधिकांश पदाधिकारी बन्दसूचीमा

कमल थापाको पार्टीका अधिकांश पदाधिकारी बन्दसूचीमा

नेपालखबर
असोज ३, २०७९ सोमबार २१:३०, काठमाडौँ

कमल थापा नेतृत्वको राप्रपा नेपालले संघमा ११० जना र प्रदेशमा २२० जना गरी सबै सिटमा बन्दसूची बुझाएको छ। अध्यक्ष कमल थापाबाहेक अधिकांश पदाधिकारीहरु समानुपातिकको सूचीमा बसेका छन्।

सोमबार राप्रपा नेपालले निर्वाचन आयोगमा बुझाएको नामावलीमा प्रतिनिधिसभातर्फ उपाध्यक्षद्वय राजीव पराजुली र जयकुमार खड्काको नाम समावेश छ।

त्यस्तै, महामन्त्री इन्द्र चित्रकार र सहमहामन्त्री रेवती कार्की पनि समानुपातिक सूचीमा परेका छन्। त्यस्तै महिला अध्यक्ष सुनिता कुरुम्बाङ र मधेसी नेताहरु राम नरेश यादव र हरिनारायण यादव लगायत बन्दसूचीमा समेटिएको राप्रपाका एक नेताले नेपालखबरलाई बताए।

राजेन्द्र लिङदेनले महाधिवेशनमा अध्यक्ष जितेपछि कमल थापाले राप्रपा नेपाललाई पुनर्गठन गरेर समानुपातिकमा बेग्लै उम्मेदवारी दर्ता गराएका हुन्।

सोमबार आयोगमा बन्दसूची बुझाउँदै गर्दा कमल थापा भने आफ्नो गृहनगर हेटौँडामै थिए। यसपालि थापा मकवानपुर १ बाट प्रतिनिधिसभामा प्रत्यक्ष चुनाव लड्ने तयारीमा छन्। उनी नेकपा एमालेसँग तालमेल गरेर चुनावमा जाने गृहकार्यमा छन्।

उता राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाले पनि एमालेसँगै चुनुावी गठबन्धन बनाउने तयारी गरिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .