ad ad

राजनीति


दलहरुले ढिलाइ गर्दा उम्मेदवारको नाम रुजु गर्न भोलि बिहानसम्म लाग्न सक्ने

दलहरुले ढिलाइ गर्दा उम्मेदवारको नाम रुजु गर्न भोलि बिहानसम्म लाग्न सक्ने

फाइल तस्बिर


नेपालखबर
असोज ३, २०७९ सोमबार १५:९, काठमाडौँ

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले समानुपातिक प्रणालीतर्फको उम्मेदवारको नाम रुजू गर्न मंगलबार बिहानसम्मको समय लाग्नसक्ने बताएका छन्।

समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउने अन्तिम दिन ३ बज्दा पनि राजनीतिक दलहरु नपुगेपछि नाम रुजु गर्न समय लाग्ने उनले बताए।

दलहरुलाई कुरेर बसेका आयोगका कर्मचारीलाई भेट्न पुगेका थपलियाले आयोगपरिसर पुगेका सबै दलको बन्दसूची बुझ्ने र भोलि बिहानसम्म लागे पनि रुजु कार्य सकाउने बताए। 

त्यसका लागि कर्मचारी परिचालन गरिएको उनको भनाइ छ। उनले समानुपातिक दल दर्ता गर्दा पनि दलहरु १२ गते अन्तिम समयमा पुग्दा १३ गते बिहानसम्म काम गरेको स्मरण पनि गरे ।

‘विगतको अनुभवलाई समेत हेर्दा भोलि विहान पनि आजै भइरहने हो कि भन्ने अवस्था हामीले महसुस गरिराखेका छौँ’, प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘तर, हामी हाम्रो सम्पूर्ण स्रोत साधन र क्षमताले लोकतन्त्रमा सुदृढिकरण गर्ने निर्वाचनको यो अभियानमा आयोगका तर्फबाट हामी कुनैपनि कमी हुन दिँदैनौँ। आयोग परिसरभित्र छिरेका सबै राजनीतिक दलहरुले यही बसेर सबै काम नसकन्जेल यहीँ बसेर हाम्रो टिम परिचालन हुन्छ।’

अहिलेसम्म आयोगमा ३ दलले मात्र प्रतिनिधिसभातर्फको उम्मेदवार बन्द सूचि बुझाएका छन् । प्रदेशतर्फ पनि जम्मा ३ दलले मात्र बुझाएका छन् ।

सकभर आजै सकाउनेगरी दलहरु आउने उनले विश्वास लिए। 

आयोगले सोमबार साझ ५ बजेसम्म समानुपातिक तर्फको बन्दसूची बुझाउने समय दिएको छ ।

तर, नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, जनता समाजवादी पार्टी , राप्रपा लगायतका दलहरु अहिलेसम्म आयोग कार्यालय कान्तिपथ पुगेका छैनन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .