ad ad

राजनीति


संघ–प्रदेशको निर्वाचनमा ४० प्रतिशत युवा उठाउन राष्ट्रिय युवा परिषदको आह्वान

संघ–प्रदेशको निर्वाचनमा ४० प्रतिशत युवा उठाउन राष्ट्रिय युवा परिषदको आह्वान

नेपालखबर
असोज ३, २०७९ सोमबार १०:३८, काठमाडौँ

राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा कुल उम्मेदवार मध्ये कम्तिमा ४० प्रतिशत उम्मेदवार युवालाई बनाउन विभिन्न राजनीतिक दल तथा अन्य सम्वद्ध निकायलाई अपिल गरेका छन्।

नेपालमा युवाको जनसंख्या ४०.३५ प्रतिशत रहेको भन्दै बस्नेतले भनेका छन् ‘आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा  ४० प्रतिशत युवालाई उम्मेदवार बनाउन सवै राजनीतिक दल र अन्य सम्वद्ध निकायलाई विशेष अपिल गर्दछौं।’ 

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा ४१.१४ प्रतिशत ४० वर्षमुनिका युवा निर्वाचित हुनुलाई परिषदले निकै स्वागतयोग्य र सकारात्मक कदमको रुपमा  लिएको कार्यकारी उपाध्यक्ष बस्नेतले बताएका छन्।

संविधान दिवसको अवसरमा परिषदको तर्फबाट विज्ञप्ति जारी गर्दै बस्नेतले भनेका छन्, ‘जनसंख्याको ४०.३५ प्रतिशत युवा  जनसंख्या रहेको समय जनसाङ्खिक लाभांशको समय हो। यसको भरपुर सदुपयोग गर्नका निमित्त एकातिर हामीले राष्ट्रिय जीवनका हरेक क्षेत्रमा युवा परिचालन , सहभागिता र नेतृत्व विकासमा जोड दिनुपर्दछ भने अर्कोतिर युवालाई रोजगारी , उद्यमशीलता र सीप विकासमा जोड्नुपर्दछ। संविधानले शिक्षा , स्वास्थ्य र रोजगारीलाई नागरिकको मौलिक हकको रुपमा ग्यारेन्टी गरेको छ। संविधानले नै निर्दिष्ट गरेको  समाजवादउन्मुख राज्यब्यवस्थाको पहिलो र आधारभुत प्रस्थानविन्दुको रुपमा रहेको उपरोक्त मौलिक हकको दृढतापुर्वक कार्यान्वयन गर्नु आजको टड्कारो आवश्यकता हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .