ad ad

राजनीति


ओहदामा हुनेहरुको गलत मनोविज्ञानकै कारण विकास भएन : मन्त्री चौधरी

ओहदामा हुनेहरुको गलत मनोविज्ञानकै कारण विकास भएन : मन्त्री चौधरी

नेपालखबर
असोज २, २०७९ आइतबार १३:३२, काठमाडौँ

शहरी विकास मन्त्री मेटमणि चौधरीले ओहोदामा हुनेहरुको गलत मनोविज्ञानका कारण विकास हुन नसेको बताएका छन्।

नवप्रवेशी इन्जिनियरहरुलाई डोलीद्धारा आयोजित पूर्वाधार विकास आयोजनाहरुको अनुगमन तथा कार्यान्वयन विषयक ६ दिने तालिमलाई सम्बोधन गर्दै शहरी मन्त्री चौधरीले भने, ‘मन्त्री, नेता, इन्जिनियर, हाकिम जस्ता ओहदामा हुनेहरुको मनोविज्ञान नै घुस खानै पर्ने भएपछि विकास हुने कुरा भएन। पदमा रहँदा कमाउनै पर्ने, पैसा जम्मा गर्नै पर्ने भएपछि न गुणस्तरको काम हुन्छ।’

तालिमले कार्य क्षमता अभिबृद्धि हुने भन्दै मन्त्री चौधरीले उच्च आत्मबल, उच्च नैतिकता र उच्च इमानदारिताका साथ काम गर्न इन्जिनियरहरुलाई निर्देशन दिए।

जिम्मेवारी बोधका साथ काम गर्दै गए सचिव बन्न गाह्रो नभएको भन्दै मन्त्री चौधरीले सबैको सम्मान गर्दै, सबैलाई मिलाएर काम गरे मात्र सफल हन सकिने धारणा राखेका थिए।

शहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले कर्मचारीले सकभर कामै नगर्ने, फाइल नपल्टाउने, पुराना फाइल हेर्ने, अल्झाउने र समयमा निर्णय पनि नगर्ने गरेकै कारण जनतामा गुनासो बढेकाले विकासका काम गर्दा जनतालाई केन्द्रमा राखेर छिटो निर्णय गर्न निर्देशन दिएका थिए।

स्थानीय पूर्वाधार विभागका महानिर्देशक ईश्वर चन्द्र मरहट्टाको सभापतित्वमा सन्चालित उक्त कार्यक्रममा मन्त्रालयका सहसचिवद्वय प्रदीप परियार र भरत अर्यालले मन्तव्य राखेका थिए भने कार्यक्रमको सहजीकरन सिडिइ राजकाजी श्रेष्ठले गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .