राजनीति


स्थानीय निर्वाचनको खर्च नबुझाउने एक लाख बढी उम्मेदवारलाई आयोगले गर्‍यो कारबाही

स्थानीय निर्वाचनको खर्च नबुझाउने एक लाख बढी उम्मेदवारलाई आयोगले गर्‍यो कारबाही

नेपालखबर
भदौ ३१, २०७९ शुक्रबार २०:२४, काठमाडौँ

गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा उम्मेदवार भएका तर निर्वाचनको खर्च विवरण नबुझाएका उम्मेदवारलाई निर्वाचन आयोगले कारबाही गरेको छ। 

उम्मेदवारहरुले पेस गरेको स्पष्टीकरणको व्यहोरा विश्वासयोग्य, चित्तबुझ्दो र सन्तोषजनक नदेखिएकोले कारवाही गरिएको आयोगले जनाएको छ।

तोकिएको समयमा निर्वाचन खर्चको विवरण पेस नगर्ने १५ हजार ७४३ जना र कानुनले तोकेको समय व्यतित भएपछि निर्वाचन खर्चको विवरण बुझाउने एक हजार १५१ जना गरी जम्मा १६ हजार ८९४ जना उम्मेदवारले आफ्नो सफाई सहितको स्पष्टीकरण पेस गरेको आयोगले एक विज्ञप्ति जारी गर्दै जनाएको थियो। 

निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र निर्वाचन खर्चको विवरण बुझाउनु पर्ने दादायित्व भएका उम्मेदवारहरूमध्ये सो बमोजिम निर्वाचन खर्चको विवरण नबुझाउने एक लाख १४ हजार ९५८ जना उम्मेदवारलाई र तोकिएको समयावधिपछि निर्वाचन खर्चको विवरण बुझाउने ८ हजार ६६६ जनासमेत गरी जम्मा एक लाख २३ हजार ६२४ जना उम्मेदवारहरूलाई तोकिएको समयावधिभित्र निर्वाचन खर्चको विवरण नबुझाएकोबारे आफ्नो सफाई सहितको स्पष्टीकरण सात दिनभित्र सम्बन्धित जिल्लाको जिल्ला निर्वाचन कार्यालय र निर्वाचन आयोगमा पेस गर्न आदेश दिइएको थियो।

तोकिएको समयमा निर्वाचन खर्चको विवरण पेस नगर्ने १५ हजार ७४३ जना र कानुनले तोकेको समय व्यतित भएपछि निर्वाचन खर्चको विवरण बुझाउने एक हजार १५१ जना गरी जम्मा १६ हजार ८९४ जना उम्मेदवारले आफ्नो सफाई सहितको स्पष्टीकरण पेस गरेको आयोगले जनाएको छ।

निर्वाचन खर्च समयमा नबुझाएका महानगरपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवारहरूलाई जनही सात लाख ५० हजार रुपैयाँका दरले जरिवाना गर्ने, महानगरपालिकाका वडा अध्यक्ष, वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्य पदका उम्मेदवारहरूलाई जनही तीन लाख रुपैयाँका दरले जरिवाना गर्ने निर्णय भएको आयोगले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .