ad ad

राजनीति


बाबुरामले बालेनलाई फुटपाथ व्यवसायीको बाध्यता पनि बुझ्न भनेपछि...

बाबुरामले बालेनलाई फुटपाथ व्यवसायीको बाध्यता पनि बुझ्न भनेपछि...

फाइल फाेटाे : मेयर बालेन शाह र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई।


नेपालखबर
भदौ ३१, २०७९ शुक्रबार १९:७, काठमाडौँ

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाडौं महानगरका मेयर बालेन शाहलाई फुटपाथका व्यवसायीका लागि पनि सोच्न सुझाव दिएका छन्। 

महानगरभित्र रहेका अनधिकृत संरचना भत्काउने अभियानको प्रशंसा गर्दै डा. भट्टराईले फुटपाथ र सार्वजनिक ठाउँमा व्यवसाय गरेर जीविकोपार्जन गरिरहेका स्वरोजगार श्रमिकको समस्यालाई पनि सम्बोधन गर्न मेयर शाहसँग आग्रह गरेका हुन्। 

डा. भट्टराईले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘काठमाडौं मनपालाई व्यवस्थित गर्ने, मृतप्रायः बनेका नदीलाई पुनर्जीवन दिने आदि मेयर बालेन शाहका पहल प्रशंसनीय छन्। फुटपाथ पनि व्यवस्थित गर्नुपर्छ।’ 

डा. भट्टराईले अगाडि भनेका छन्, ‘तर संसारभर स्वरोजगार श्रमिकहरू फुटपाथ वा सार्वजनिक ठाउँमा व्यवसाय गर्न बाध्य हुन्छन्। अतः निश्चित ठाउँ/समय तोकेर तिनको व्यवस्थापन गर्नैपर्छ।’

यसमा बालेन शाहले फेसबुकमा कमेन्ट लेखेका छन्, ‘यो कुरा त हजुरले हजारौंको घर भत्काएर फुटपाथ बनाउँदा पनि सोच्न पर्थ्यो नि!’ 

आफू प्रधानमन्त्री भएका बेला बाबुराम भट्टराईले पनि काठमाडौंमा अतिक्रमण गरी बनाइएका घर भत्काउँदै सडक चौडा पारेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .