राजनीति


प्रतिनिधि सभाको बैठक बस्दै, यी हुन् सम्भावित कार्यक्रम

प्रतिनिधि सभाको बैठक बस्दै, यी हुन् सम्भावित कार्यक्रम

फाइल तस्बिर


नेपालखबर
भदौ ३१, २०७९ शुक्रबार ८:५९, काठमाडौँ

 प्रतिनिधि सभाको बैठक आज (शुक्रबार) बस्दै छ। 

प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीका अनुसार बैठक बिहान ११ बजे बस्नेछ। आजको बैठकका लागि सम्भावित कार्यक्रम तय गरिएको छ।

सचिव योगीले जारी गरेको विज्ञप्तिअनुसार आजको बैठकमा शुक्रबार प्रतिनिधि सभामा उत्पति भएका पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९, बिमा विधेयक, २०७९ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त
सन्देश टेबुल गरिनेछ। 

यस्तै सभामुख अग्नि सापकोटाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्र पढेर सुनाउने आजको सम्भावित कार्यक्रममा छ।

साथै आजको बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘न्याय परिषद र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन आव २०७७/०७८’ पेस गर्ने कार्यक्रम छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad