ad ad

राजनीति


ललितपुरका सीडीओ काठमाडौं सरुवा, ९ जिल्लामा फेरिए

ललितपुरका सीडीओ काठमाडौं सरुवा, ९ जिल्लामा फेरिए

फाइल तस्बिर


नेपालखबर
भदौ २२, २०७९ बुधबार १२:२२, काठमाडौँ

गृह मन्त्रालयले ९ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ। मंगलबार अपरान्ह काठमाडौं र ललितपुरसहित ९ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको हो।

निर्वाचनका कारण कर्मचारी सरुवा गर्न नपाइने भएपछि गृहले ९ जिल्लामा भने काजमा सरुवा गरेको हो। यसअघि नै निर्वाचन आयोगले सरकारको ध्यानाकर्षण गराउँदै प्रहरी प्रमुख र सीडीओ सरुवा गर्नु पर्ने भए समयमै सरुवा गर्न भनेको थियो। 

ललितपुरका प्रमुख जिल्ला अधिकार घनश्याम उपाध्यायलाई काठमाडौं सरुवा गरिएको छ। 

ललितपुरमा जयनारायण आचार्य र कास्कीमा टेकबहादुर केसी सरुवा भएका छन्। 

जुम्लामा मुकेश केसरी, दैलेख गगनबहादुर हमाल, पाँचथर गणेश गैरे, संखुवासभा वीरेन्द्र यादव, उदयपुर जनार्दन गौतम र सप्तरीको सीडीओमा नरहरि खतिवडालाई सरुवा गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .