नेकपा (माओवादी केन्द्र)का सांसद गजेन्द्रबहादुर महतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको मानसिक स्वास्थ्य परीक्षण गर्न माग गरेका छन्।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै महतले महाअभियोग ऐन २०५९ को दफा ७ र ८ अनुसार विशेषज्ञ चिकित्सकबाट जबराको मानसिक स्वास्थ्य जाँच गर्नुपर्ने बताए।
उनले जबरा न्यायालयको बोझ भइसकेको दाबीसमेत गरे।
महतले भने, ‘न्यायालयको बोझ सावित भइसकेका चोलेन्द्रले महाअभियोगमाथि बयान दिँदै गर्दा पद र गोपनीयताको शपथ खाँदाको अवस्थालाई बेवास्ता गर्दै पूर्वाग्रही ढंगबाट भनौं वा आवेगमा आएर वा स्मरण शक्ति गुमाएर मर्यादा विपरीत गैरजिम्मेवार ढंगबाट विषय र प्रसंगभन्दा बाहिर गएर चरित्र हत्या, गाली गलौज गर्ने, कसैको जयजयकार गर्ने गरेका छन्।’
375
Shares
प्रतिक्रिया