राजनीति


बाबुराम भट्टराईको प्रस्ताव : निर्वाचन घोषणा भएपछि संसद् निष्क्रिय राखौं, तलब-भत्ता नदिऊँ/नलिऊँ

बाबुराम भट्टराईको प्रस्ताव : निर्वाचन घोषणा भएपछि संसद् निष्क्रिय राखौं, तलब-भत्ता नदिऊँ/नलिऊँ

फाइल फाेटाे


नेपालखबर
भदौ १९, २०७९ आइतबार १९:२०, काठमाडौँ

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लोकतन्त्र रक्षाका लागि निर्वाचन घोषणापछि पनि पुरानै प्रतिनिधि सभा कायम राख्नुपर्ने बताएका छन्। 

नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराईले विगतमा प्रतिनिधि सभा रिक्त रहँदा लोकतन्त्र धरापमा परेकाले संविधान सभामा बृहत् छलफल गरेरै अर्काे निर्वाचित सभा नबनेसम्म पुरानै कायम राख्ने सहमति भएको उल्लेख गरेका छन्।

बरु राज्यको ढुकुटी बचाउन सांसदबापत लिने तलब भत्ता नलिन सकिने उनको भनाइ छ।  

‘विगतमा प्रतिनिधि सभा रिक्त रहँदा लोकतन्त्र धरापमा पार्ने हर्कत भएको कटु अनुभवबाट सिकेर संविधान सभामा बृहत् छलफल गरेरै अर्को निर्वाचित सभा नबनेसम्म पुरानै कायम राख्ने सहमति भएको हो’, डा. भट्टराईले आइतबार सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘बरू निर्वाचन घोषणा भएपछि संसद निष्क्रिय राखौं र तलबभत्ता नदिऊँ÷नलिऊँ तर राजनीतिक रिक्तता सिर्जना नगरौं।’

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुन्न आगामी मंसिर ४ गते एकै चरणमा चुनाव हुँदै छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad