ad ad

राजनीति


सांसदहरु गयल, गणपुरक पुर्‍याउन संसदमा घण्टी बजाइयो

सांसदहरु गयल, गणपुरक पुर्‍याउन संसदमा घण्टी बजाइयो

फाइल तस्बिर


नेपालखबर
भदौ १९, २०७९ आइतबार १५:५५, काठमाडौँ

सासदहरु हाजिर गरेर गायब भएपछि आइतवार बसेको प्रतिनिधिसभाको बैठकमा गणपुरक संख्याका लागि घण्टी बजाइएको छ।

संसदको आयुको टुंगो गर्न भन्दै कानुन मन्त्री गोविन्दप्रसाद कोइराला केही नेपाल ऐन संशोधन प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिँदा गणपुरक संख्याबारे प्रश्न उठेको थियो।

उक्त प्रस्तावको विपक्षमा उभिएमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गणपुरकबारे प्रश्न उठाएपछि सभामुख अग्नि सापकोटाले सचिवालयलाई तीन मिनेट घण्टी बजाउन निर्देशन दिए।

पछिल्लो सयम सांसदहरु अनुपस्थित हुने क्रम बढेपछि कानुन पास गर्नका लागि गणपुरक पुर्‍याउन आइतवार पनि घण्टी बजाइएको हो।

नेपालको संविधानको धारा ९४ अनुसार कुनै पनि प्रस्ताव पेश गर्न वा पारित गर्न गणपुरक संख्या अर्थात् एकतिहाइ चाहिन्छ।

यस्तोमा आइतवार गणपुरकका लागि ६९ सांसद चाहिन्थ्यो तर ७० जना पुगेपछि सभामुखले प्रक्रिया अघि बढाएका हु्न्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .