ad ad

राजनीति


प्रतिनिधि सभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा समितिहरूमा सदस्य मनोनयन तथा हेरफेर

प्रतिनिधि सभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा समितिहरूमा सदस्य मनोनयन तथा हेरफेर

फाइल तस्बिर


नेपालखबर
भदौ १९, २०७९ आइतबार ६:५८, काठमाडौँ

प्रतिनिधि सभाको बैठक आज (आइतबार) बस्दै छ। 

प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीका अनुसार बैठक दिउँसो २ बजे बस्ने छ। 

आजको बैठकको सम्भावित कार्यसूचीमा सभामुख अग्नि सापकोटाले कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरू मनोनयन गर्ने उल्लेख गरिएको छ। 

यस्तै संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०७५ को नियम २५ र २७ बमोजिम गठित समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची पनि समावेश छ ।

सभामुख सापकोटाले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १७२ बमोजिम गठित विभिन्न समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्नेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .