राजनीति


राप्रपा नेपालले ५ हजार सहयोगीबाट ५ करोड संकलन गर्ने

राप्रपा नेपालले ५ हजार सहयोगीबाट ५ करोड संकलन गर्ने

कमल थापा


नेपालखबर
भदौ १८, २०७९ शनिबार ८:२८, काठमाडौँ

राप्रपा नेपालले आसन्न निर्वाचनका लागि पार्टीको आर्थिक पक्ष बलियो बनाउन सहयोगीहरूबाट आर्थिक संकलन गर्ने भएको छ। 

अध्यक्ष कमल थापाको उपस्थितिमा शुक्रबार काठमाडौंमा बसेको राप्रपा नेपालको स्रोत परिचालन समितिको बैठकले देशभरका ५ हजार सहयोगीबाट १०/१० हजार रुपैयाँ संकलन गर्ने निर्णय गरेको हो।   

अर्थ संकलनका निमित्त १००००×५००० अभियान कार्यान्वयन गर्ने निर्णय गरिएको स्रोत परिचालन समितीका प्रमुख एवं पार्टीका सहमहामन्त्री दमन बस्नेतले जानकारी दिए। 

यसैगरी पार्टीका केन्द्रीय सदस्य तथा पदाधिकारीबाट सहयोग लिने  तथा स्वेच्छाले सक्दो सहयोग गर्न कार्यकर्ता, सहयोगी, शुभचिन्तक र आमजनतालाई आह्वान गर्ने निर्णय बैठकले गरेको छ। सहयोग संकलनका लागि राप्रपा नेपालले ई–सेवा, फोनपे र बैंक ट्रान्सफरजस्ता माध्यमबाट पार्टीको राष्ट्रिय वाणिज्य बैंकको खातामा सहयोग रकम जम्मा गर्न अनुरोध गरेको छ। 

बैठकमा पार्टीका पदाधिकारीसहित समितिका सदस्यहरूको उपस्थिति थियो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad