म्यानमारको सैन्य सरकारले पूर्व बेलायती राजदूत भिक्की बोमेन र उनका पति एचटेइनलाई एक/एक वर्षको जेल सजाय सुनाएको छ।
उनीहरुमाथि आप्रवासनको नियम उल्लंघन गरेको आरोपमा जेल सजाय सुनाइएको हो। गत साता उनीहरुलाई यान्गुनस्थित उनीहरुकै निवासबाट पक्राउ गरिएको थियो।
यो मुद्दामा आप्रवासनको नियम उल्लंघनभन्दा पनि राजनीतिक पूर्वाग्रह बढी देखिएको बीबीसीले उल्लेख गरेको छ।
आप्रवासनको मामिलामा म्यानमारमा विदेशीलाई विरलै मात्र मुद्दा चल्ने गरेको छ। बोमेनले सन् २००२ देखि २००६ सम्म म्यानमारका लागि बेलायती राजदूतको रुपमा काम गरेकी थिइन्।
अहिले उनले म्यानमारमा म्यानमार सेन्टर फर रेस्पोन्सिबल बिजनेस (एमसीआरबी) चलाउँदै आएकी छिन्।
उनले सैन्य सरकारले सुनाएको सजायबाट अचम्मित भएको प्रतिक्रिया दिएकी छिन्।
उनले छिटै नै म्यानमारको सेनाको सरकारले आफूलाई रिहा गर्ने विश्वास व्यक्त गरेकी छिन्।
Shares

प्रतिक्रिया