राजनीति


कांग्रेस नेता महतको प्रतिस्पर्धा फेरि पोखरेलसँग, उम्मेदवारमा सर्वसम्मत सिफारिस

कांग्रेस नेता महतको प्रतिस्पर्धा फेरि पोखरेलसँग, उम्मेदवारमा सर्वसम्मत सिफारिस

फाइल तस्बिर


नेपालखबर
भदौ १६, २०७९ बिहिबार १९:१, काठमाडौँ

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ बाट सर्वसम्मत उम्मेदवारमा सिफारिस भएका छन्। 

प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको बिहीबार बसेको बैठकले उनलाई काठमाडौँ–५ बाटै सर्वसम्मत प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस गरेको हो। 

प्रवक्ता डा. महतको नाम सर्वसम्मतिले उम्मेदवारमा सिफारिस भएको उनको सचिवालयले पुष्टि गरेको छ। 

सचिवालयका अनुसार क्षेत्रीय कार्यसमितिले वैकल्पिक उम्मेदवारका रुपमा क्षेत्रीय सभापति श्याम खड्काको नाम पठाएको छ।

महत यसअघि गृहजिल्ला नुवाकोट फर्किने पनि चर्चा थियो। तर उनी यो पटक पाँच दलीय गठबन्धनको बलमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग प्रतिस्पर्धाका लागि तयार हुन लागेका हुन्। 

पोखरेलको नाम पनि एमाले क्षेत्रीय कमिटीले सर्वसम्मत रुपमा बुधबार जिल्ला कमिटीलाई सिफारिस गरेको छ। 

२०७४ को निर्वाचनमा पोखरेल काठमाडौं ५ बाट फराकिलो मतसहित विजयी भएका थिए। 

पोखरेल २३ हजार २९ मतसहित विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका महतले १३ हजार १६९ मत ल्याएका थिए।

त्यस्तै विवेकशील साझा पार्टीका उम्मेदवार उज्वल थापाले ६ हजार ८ सय ५३ मत ल्याएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad