ad ad

राजनीति


दुई प्रश्नको जवाफमा दुई घण्टा लगाए चोलेन्द्रले, सांसदहरुलाई उल्टै गरे प्रतिप्रश्न

दुई प्रश्नको जवाफमा दुई घण्टा लगाए चोलेन्द्रले, सांसदहरुलाई उल्टै गरे प्रतिप्रश्न

बयान दिन उपस्थित निलम्बित प्रधानन्यायाधीश जबरा। तस्बिर : नेपालखबर


नेपालखबर
भदौ १६, २०७९ बिहिबार १४:४५, काठमाडौँ

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले महाभियोग सिफारिस समितिसमक्ष दोस्रो दिन दुई घण्टा मात्रै बयान दिएका छन्। 

सिंहदरबारमा बुधबार करिब ५ घण्टा बयान दिएका जबराले बिहीबार सवा ११ बजेदेखि २ घण्टासम्म बयान दिने क्रममा प्रश्न नम्बर ५ र ६ को मात्रै जवाफ दिन भ्याए।

समितिले तयार पारेका ४३ मध्ये ५ र ६ नम्बर प्रश्नको उत्तर जबराले दिएपछि बैठक आगामी १९ गतेसम्मलाई स्थगित गरिएको हो। 

सांसदहरु कांग्रेस सांसद प्रदीप गिरिको श्रद्धाञ्जली सभामा जाने भएपछि बिहीबारको बयान बीचमै रोकिएको हो।

त्यसैगरी एमाले सांसदहरु कृष्णभक्त पोखरेल र विष्णुप्रसाद पौडेल गृहजिल्ला जाने भएपछि बयान स्थगित गरिएको हो। 

चोलेन्द्रले बुधबार ४ वटा प्रश्नको जवाफ दिएका थिए। बिहीबार थप दुईवटाको दिएपछि ६ वटाको जवाफ सकिएको छ। 

बैठकपछि बोल्दै कांग्रेस सांसद एवम् समिति सदस्य मीनबहादुर विश्वकर्माले अब चोलेन्द्रसँग भदौ १९ मा मात्रै बयान हुने बताए। 

'आज चाँडै सक्यौँ। भोलि संसद बैठक छ। पर्सि शनिबार भइगयो', उनले भने, 'अब हामी १९ गते प्रश्न सातबाट अघि बढ्छौँ।'

विश्वकर्मा आज अलिक छिटो प्रक्रिया अघि बढ्ने भनिएकोमा ५ र ६ नम्बर प्रश्नले अल्मल्याएको बताए। 

'तर ५ र ६ नम्बरमा लामो समय लाग्यो प्रधानन्यायाधीशको जवाफ लामो भयो', उनले भने, 'उहाँले सांसदहरुले सोधेको प्रश्न औचित्यहीन भनिदिनिु भयो। तर यसलाई हामीले सामान्य रुपमा लिएका छौँ।'

विश्वकर्माले जबराले आफ्नो बचाउमा गरिने प्रयासमा व्यक्त गरेका कुरालाई गम्भीरतापूर्वक लिनु जरुरी नरहेको बताए। 

'उहाँलाई आज न्याय सम्पादन गर्न नसकेको, भ्रष्टाचारमा मुछिएको र शक्ति सन्तुलन कायम गर्न नसकेकोबारे प्रश्न सोधिएको थियो', उनले भने, 'भ्रष्टाचारसँग जोडिएर काम गरेको भनिएको थियो। तर उहाँ घरी घरी संसदलाई नै प्रश्न गर्ने शैलीमा जानु भयो।'

तर विश्वकर्माले जबराले के के विषयमा सांसदहरुमाथि नै प्रश्न उठाए भन्ने खुलाएनन्। 

यी पनि

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .