ad ad

राजनीति


निधिले देखाए समानुपातिकमा जाने आकांक्षा

निधिले देखाए समानुपातिकमा जाने आकांक्षा

नेपालखबर
भदौ १५, २०७९ बुधबार २१:२, जनकपुरधाम

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले प्रतिनिधि सभामा प्रत्यक्ष चुनाव नलड्ने संकेत गरेका छन्।

बुधबार जनकपुरधाममा आयोजित क्षेत्र स्तरीय कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै निधिले यस्तो संकेत गरेका हुन्।

कांग्रेसका पूर्वउपसभापति समेत रहेका निधिले आफू समानुपातिक सांसदको रुपमा समेत संसदमा प्रवेश गर्न सक्ने बताए।

आफू अन्य क्षेत्रबाट चुनाव लडेर वा समानुपातिक सांसदका रुपमा सांसद हुन सक्ने भएकाले अन्यथा नबुझ्न धनुषा निर्वाचन क्षेत्र नं. ३ का नेता कार्यकर्ताहरुलाई निधिको आग्रह थियो।

नेता निधिले हाल प्रदेश सांसद रहेका राम सरोज यादव पनि अनुभवी रहेकाले उनलाई प्रतिनिधीसभा सदस्यको अभिभारा लिन भनेको खुलाए। 

उनले आफूसँग नेता स्मृतिनारायण चौधरीले समेत प्रतिनिधि सभामा लड्ने इच्छा जाहेर गरेको खुलासा गरे।

 चुनाव नजिकिँदै गरेकाले क्षेत्रबाट हुने सिफारिसहरुमा विलम्व नगर्न नेता कार्यकर्तालाई निर्देशन दिए।

२०७४ को चुनावमा निधि लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोसँग क्षेत्र नं. ३ मा पराजित भएका थिए। यसपटक पनि सो क्षेत्रबाट राजेन्द्र महतो लड्ने करिब करिब निश्चित जस्तै छ।

लोसपालाई पाँच दलीय गठबन्धनमा ल्याएर सो क्षेत्रबाट नेता महतोलाई जिताउने र निधि समानुपातिक तर्फबाट सदनमा प्रवेश गर्ने व्यापक चर्चा छ। 

सो क्षेत्रबाट नेकपा एमालेबाट नेतृ जुलीकुमारी महतो लड्ने चर्चा समेत राजनिती वृतमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .