राजनीति


माधव नेपाल र नारायणकाजी श्रेष्ठबीच भेटवार्ता

एकता संयोजन समिति र चुनावी घोषणापत्र बनाउने विषयमा छलफल
माधव नेपाल र नारायणकाजी श्रेष्ठबीच भेटवार्ता

नेपालखबर
भदौ १४, २०७९ मंगलबार १२:१३, काठमाडौँ

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठबीच छलफल भएको छ।  

मंगलबार (१४ भदौ) बिहान नेपाल निवास कोटेश्वरमा दुई नेताबीच छलफल भएको हो।

चुनावी घोषणा पत्र निर्माण र एकता संयोजन समितिमा रहने नेताहरुबारे छलफल भएको स्रोतले जनाएको छ।

मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा एउटै घोषणा पत्र लिएर जान एकीकृत समाजवादी र माओवादीबीच सहमति जुटेको छ।

‘उहाँहरुबीच एकता संयोजन समिति निर्माण र चुनावी घोषणापत्र बनाउने विषयमा छलफल भएको हो,’ स्रोतले नेपालखबरसँग भन्यो, ‘दुई नेताभेटेपछि पछिल्लो राजनीतिकोबारेमा छलफल त हुने नै भयो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad