राजनीति


बालेन्द्रलाई भक्तपुरको विकास हेर्न महेश बस्नेतको निम्ता

बालेन्द्रलाई भक्तपुरको विकास हेर्न महेश बस्नेतको निम्ता

नेपालखबर
भदौ ११, २०७९ शनिबार १७:३३, काठमाडौँ

नेकपा एमालेका सांसद महेश बस्नेतले काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहलाई भक्तपुरको विकास हेरेर सिक्न आग्रह गरेका छन्।

उनले डोजर चलाएर मेयर शाहले जनतालाई दुःख दिएको आरोप लगाए। 

‘जनतालाई दुःख दिने काम नगरौँ भन्ने मेरो आग्रह हो, गर्नुहुन्छ भने त मेरो के लाग्छ। मैले मेरो जिल्ला, मेरो क्षेत्र नमुना बनाएको छु। भक्तपुर गएर सिक्नुस्,’ बस्नेतले रिपोर्टर्स क्लबमा भने, ‘नक्सापास नभएको भन्ने आधारमा डोजर चलाउन पाइँदैन।’

नक्सापासको अवधारणा भूकम्पपछि मात्र आएको उनको दाबी थियो।

‘उपत्यकाका १८ जना मेयरले नक्सा पास नभएका सबै घर डोजर लगाएर भत्काउने हो भने उपत्यकf बस्नलायक रहँदैन,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .