ad ad

राजनीति


स्थानीय चुनावबाट शिक्षा लिएर अबको चुनावमा राम्रो गठबन्धन गर्छौं : प्रचण्ड

स्थानीय चुनावबाट शिक्षा लिएर अबको चुनावमा राम्रो गठबन्धन गर्छौं : प्रचण्ड

सुदीप भण्डारी
भदौ ११, २०७९ शनिबार १७:२०, बुटवल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तहको चुनावबाट शिक्षा लिएर यो पटकको संसदीय चुनावमा गठबन्धन सफल बनाउने बताएका छन्। बुटवलमा शनिबार पत्रकारहरुसँग कुरा गर्दै उनले स्थानीय तहको चुनावमा गठबन्धन र तालमेल भने जस्तो नभएकाले त्यसबाट शिक्षा लिने बताएका हुन्।

प्रचण्डले गत चुनावको तालमेल सफल नभए पनि गठबन्धन चुनावसम्म कायम रहनु ठूलो उपलब्धि भएको बताए।

 ‘स्थानीय चुनावमा गठबन्धन र तालमेल भनेजस्तो नभपनि गठबन्धन सरकारले नै निर्वाचन सफलतापूर्वक सम्पन्न गरेर संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने दोस्रो निर्वाचन प्रक्रिया सुरु गरियो। यसलाई ठूलो सफलता मान्नुहोला,’ उनले भने।

प्रचण्डले चुनाव भएर देश ठूलो दुर्घट्नाबाट बचेको तर्क गरे।

‘ठ्रूलो दुर्घट्नाबाट देश बचाउनमा यो गठबन्धनको भूमिका ठूलो रह्यो । तर आपसी तालमेल भनेको जस्तो भएको थिएन,’ उनले भने,  ‘यसबाट शिक्षा लिएर अहिले चाहिँ प्रदेश र संघमा राम्रो गर्दैछौँ।’

नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदेश समितिको बैठकमा सहभागी हुन प्रचण्ड बुटवल आएका हुन्। प्रधानमन्त्री शेरहादुर देउवासँगै हेलिकोप्टरमा आएर बुटवल मण्डपमा झरेका प्रचण्ड पार्टीको बैठकमा गएका थिए। 

देउवा अन्तराष्ट्रिय सम्मेलनको उद्घाटनमा बसे। पार्टीको प्रदेश समितिको बैठक सकेपछि प्रचण्ड प्रधानमन्त्री देउवासँगै फर्किए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .