ad ad

राजनीति


एमाले पोलिटब्यूरो बैठक, ओलीको प्रतिवेदन केन्द्रीय कमिटीमा प्रस्तुत हुने

एमाले पोलिटब्यूरो बैठक, ओलीको प्रतिवेदन केन्द्रीय कमिटीमा प्रस्तुत हुने

नेपालखबर
भदौ ९, २०७९ बिहिबार १७:१५, काठमाडौँ

नेकपा (एमाले) पोलिटब्यूरोको दोस्रो बैठक सकिएको छ। 

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बसेको हो। 

बैठक वर्तमान राष्ट्रिय राजनीतिका विषयमा गहन छलफल गर्दै सम्पन्न भएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ।

अध्यक्ष ओलीले बैठकलाई सम्बोधन गर्दै राजनीतिक प्रतिवेदनमा उल्लेख भएका राष्ट्रिय राजनीति तथा अन्तर्राष्ट्रिय परिस्थिति र आगामी आम निर्वाचनका विषयमा प्रकाश पारेका थिए।

भोलि बस्ने केन्द्रीय कमिटीको बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदन प्रस्तुत हुनेछ।

बैठकले केन्द्रीय कमिटीमा प्रस्तुत हुने विषयहरू तय गरेको छ। 

एमाले केन्द्रीय कार्यालयका अनुसार बैठकमा आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार छनौट गर्ने प्रक्रिया र मापदण्डका बारेमा छलफल भएको छ । 

बैठकमा पोलिटब्यूरो सदस्यहरु खिमलाल भट्टराई, सुमनराज प्याकुरेल, लीलाबहादुर थापा, रामदयाल मण्डल, निरु पाल, शान्ता चौधरी, कर्ण थापा, जितु गौतम, मञ्जु चौधरी, लालबाबु पण्डित, काशीनाथ अधिकारी, खगराज अधिकारी, बिन्दा पाण्डे, अग्नि खरेल र कृष्ण राईले राजनीतिक प्रतिवेदनमा समावेश गर्नका लागि आ– आफ्ना सुझाव राखेका थिए।

बैठकले पार्टीको सचिवालयबाट गरिएका निर्णयहरू अनुमोदन गरेको छ। 

केन्द्रीय कमिटीको बैठक भोलि भदौ १० गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा ११ बजे बस्ने एमालेले जनाएको छ।

केन्द्रीय कमिटी बैठकमा प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीबाट उठ्ने उम्मेदवारहरुको मापदण्डका विषयमा छलफल हुने बताइएको छ।

गत साउन २६ गते बसेको एमालेको केन्द्रीय सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको निर्वाचन परिचालन कमिटी र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा ८ सदस्यीय चुनावी घोषणा पत्र मस्यौदा समिति निर्माण गरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .