ad ad

राजनीति


पर्साका दुई गाउँपालिका पूर्वअध्यक्षसहित नेताहरु एमालेमा प्रवेश

पर्साका दुई गाउँपालिका पूर्वअध्यक्षसहित नेताहरु एमालेमा प्रवेश

नेपालखबर
भदौ ७, २०७९ मंगलबार १९:३४, काठमाडौँ

पर्सास्थित दुईवटा गाउँपालिकाका पूर्वअध्यक्षसहितका नेता कार्यकर्ताहरु मंगलबार एमालेमा प्रवेश गरेका छन्। 

गत वैशाख ३० गतेको स्थानीय निर्वाचनमा पराजित हुन पुगेका उनीहरुले पुरानो पार्टी छाड्दै एमालेमा प्रवेश गरेका हुन्। 

एमाले प्रवेश गर्नेहरूमा पकाहा मैनपुर गाउँपालिकाका पूर्वअध्यक्ष विजय चौरसिया, विन्दवासीनी गाउँपालिकाका पूर्वअध्यक्ष श्रीलाल साह मोदी र उपाध्यक्ष किरण देवी गुप्तासहित छन्। 

२०७४ को स्थानीय निर्वाचनमा चौरसिया र मोदी तत्कालीन संघीय समाजवादी फोरमबाट अध्यक्षमा विजयी भएका थिए। 

गुप्ता कांग्रेसबाट उपाध्यक्षमा निर्वाचित भएकी थिइन्। यी तीनैजना यो स्थानीय निर्वाचनमा उठे पनि पराजित भए। 

एमालेमा प्रवेश गर्नेमा पाकाहा मैनपुर गाउँपालिका ३ का पूर्व वडाअध्यक्ष मदन साह कानु पनि छन्।

उनी २०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमबाट निर्वाचित भएका थिए। तर यो निर्वाचनमा जसपाबाट उठेर हारे। 

यो निर्वाचनमा नेपाल सुशासन पार्टीको तर्फबाट पाकाहा मैनपुर गाउँपालिका उपाध्यक्षमा पराजित अध्ययादेवी मेहता पनि एमालेमा प्रवेश गरेकी छन्।

सखुवा प्रसौनी गाउँपालिकाका कांग्रेस नेता नीर गिरी पनि एमालेमा प्रवेश गरेका छन्। यस्तै कालिकामाई गाउँपालिकाका जसपा नेता वकिल मियाँ, छोटेलाल चौरसिया, दिनेश चौरसिया र दीनानाथ साह पनि एमालेमा प्रवेश गरेका छन्।

त्यस्तै नेकपा एकीकृत समाजवादीनिकट युवा संगठनका केन्द्रीय सचिव अरुण यादव पनि एमालेमा प्रवेश गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .