उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालको केन्द्रीय राजनीतिक समितिको बैठक काठमाडौंमा सुरु भएको छ।
च्यासलस्थित ज्यापु समाजको हलमा जसपाको बैठक सुरु भएको हो। सत्ता गठबन्धनमा कायमै रहने निर्णय गरेको जसपाले यो बैठकमा विभिन्न पाँच एजेन्डा लगेको छ।
बैठकमा सङ्गठनात्मक प्रस्ताव, आगामी निर्वाचनका लागि उम्मेदवार छनौट मापदण्ड, निर्वाचन तयारी समितिको जिम्मेवारी, विभागहरू गठन र प्रदेश इन्चार्जहरू तोक्ने एजेन्डा रहेका छन्।
बैठकमा अध्यक्ष उपेन्द्र यादवले छलफलका प्रस्तावहरू पेश गरेको उनको सचिवालयले जनाएको छ।
63
Shares
प्रतिक्रिया