ad ad

राजनीति


धनराजले प्रधानमन्त्री देउवालाई सुशील कोइराला भनेपछि...

धनराजले प्रधानमन्त्री देउवालाई सुशील कोइराला भनेपछि...

नेपालखबर
साउन ३०, २०७९ सोमबार १२:३४, काठमाडौँ

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा विजयी जनप्रतिनिधिहरूलाई अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ। 

उक्त कार्यक्रममा कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र उपसभापति धनराज गुरुङसहितका नेताहरु सहभागी छन्। 

उक्त कार्यक्रमका सभापति एवम् पार्टी उपसभापति धनराज गुरूङले कार्यक्रमका अतिथि र जनप्रतिनिधिहरूलाई स्वागत गरेका छन्। 

उनले स्वागत मन्तव्यका क्रममा झुक्किएर दिवंगत भइसकेका तत्कालीन सभापति सुशील कोइरालालाई पनि सम्बोधन गरेका छन्। 

मञ्चमै रहेका वर्तमान सभापति शेरबहादुर देउवाको नाम लिनुपर्नेमा उनले सम्बोधनका क्रममा कोइरालाको नाम उच्चारण गर्न पुगे। 

'केन्द्रीय अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित बधाई तथा शुभकामना अभिमुखीकरण कार्यक्रमका प्रमुख अतिथि श्रद्धेय पार्टी सभापति सुशील कोइराला....शेरबहादुर देउवाज्यू', त्यसपछि हलमा हाँसो र हल्ला सुनिन्छ।

उनले सम्बोधनका क्रममा कार्यक्रममा उपस्थिति विशिष्ठ अतिथिका रुपमा पौडेललाई स्वागत गरे। 

कांग्रेसले पालिकाका जनप्रतिनिधि र जिल्ला समन्वय समितिका पदाधिकारीहरूलाई सानेपाको हेरिटेज गार्डेनमा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .