नेकपा (मसाल) ले नागरिकता विधेयक राष्ट्रपति कार्यालयबाट फिर्ता पठाउनु स्वागतयोग्य भएको बताएको छ।
आइतबार महामन्त्री मोहनविक्रम सिंहले एक वक्तव्य प्रकाशित गरी सो विधेयक खारेज गर्न अपील गरेका छन्।
‘प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैद्वारा पारित नागरिकता विधेयक राष्ट्रघाती भएको र त्यसका दीर्घकालिन दुश्परिणामहरू हुने कुरा निश्चित छ’ वक्तव्यमा भनिएको छ, ‘त्यो विधेयकलाई राष्ट्रपतिले प्रमाणित नगरेर पुनर्विचारका लागि संसदमा नै पठाउने जुन कार्य गरिएको छ, त्यसलाई हाम्रो पार्टी स्वागत गर्दछ र सबै सांसदहरूसित त्यसबारे पुर्नविचार गरेर त्यसलाई अस्वीकार गर्नका लागि हामीले अपील गर्दछौँ।’
संसदका दुवै सदनबाट पारित भइ प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाइएको विवादित नागरिकता विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी आज फिर्ता पठाइदिएकी हुन्।
Shares
प्रतिक्रिया