राजनीति


गृहजिल्ला गोरखाबाट चुनाव लड्न किन हच्किए बाबुराम?

गृहजिल्ला गोरखाबाट चुनाव लड्न किन हच्किए बाबुराम?

नेपालखबर
साउन २५, २०७९ बुधबार २२:४३, काठमाडौँ

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले गृहजिल्ला गोरखा क्षेत्र नम्बर २ बाट संघीय संसदको चुनाव नलड्ने संकेत गरेका छन्।

बुधबार एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै उनले आफ्नो भित्री चाहना गोरखाबाट चुनाव नलड्ने भएको बताए ।

'मेरो भित्री चाहना गोरखा-२ बाट चुनाव नलड्ने छ,' भट्टराईले भने, ' कोही युवालाई अवसर दिने चाहना छ ।'

मनले खाएको उम्मेदवार पाए मात्रै आफू गोरखाबाट नउठ्ने उनले बताए ।

आगामी मंसिर ४ गतेका लागि तय भएको निर्वाचनमा कांग्रेससहितको गठबन्धन बनिसकेको छ। अर्कोतिर एमाले एक्लै चुनावी मैदानमा छ। एमाले पनि गठबन्धनको कसरतमा छ।

तर भट्टराई कुनै गठबन्धनमा पनि छैनन् । मंगलबार (२४ साउन) मा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरि गठबन्धनमा आफ्नो हक लाग्ने बताउँदै उनले आफूहरु अहिले गठबन्धननै रहेको भट्टराईले बताएका थिए।
गठबन्धनमा सहभागी हुन नसके गोरखाबाट चुनाव जित्न मुश्किल पर्ने देखेर भट्टराईले प्रत्यक्ष चुनाव नलड्न खोजेको विश्लेषण हुन थालेको छ।

२०७४ को प्रतिनिधि सभा निर्वाचनमा भट्टराईले काङ्ग्रेससँग मिलेर एमाले-माओवादी केन्द्रका गठबन्धन उम्मेदवार नारायणकाजी श्रेष्ठलाई फराकिलो मतान्तरले पराजित गरेका थिए।

गोरखा–२ मा ६० हजार ११७ मत खस्दा डा. भट्टराईले ३१ हजार ८०७ मत ल्याई विजयी हुँदा श्रेष्ठले २४ हजार ९३३ मत प्राप्त गरेका थिए । डा. भट्टराई र श्रेष्ठबीचको मतान्तर ६ हजार ८७४ थियो।

डा. भट्टराई वि.सं. २०६४ को संविधानसभा निर्वाचनमा गोरखा २ र २०७० को मा १ बाट निर्वाचित भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad