राजनीति


अमेरिकामा न मेरो ऋण बाँकी छ न सम्पत्ति : रवि लामिछाने

अमेरिकामा न मेरो ऋण बाँकी छ न सम्पत्ति : रवि लामिछाने

नेपालखबर
साउन २४, २०७९ मंगलबार १८:५१, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अमेरिकामा आफ्नो ऋण तथा सम्पत्ति केही पनि नरहेको स्पष्टीकरण दिएका छन्। 

आफूविरुद्ध आलोचना बढ्दै गएपछि मंगलबार लामिछानेले सामाजिक सञ्जालमार्फत अमेरिकामा ऋण/धन केही नरहेको जवाफ दिएका हुन्। 

‘अमेरिकामा न मेरो ऋण बाँकी छ न सम्पत्ति नै’, उनले लेखेका छन्।

यो दुनियाँमा आफूविरुद्ध कुनै मुद्दा नभएको उनले बताएका छन्।

‘थाहा पाए पूर्वजन्मको समेत तिर्छु’, उनले भनेका छन्। 

रविकी पूर्वपत्नी सन्तानसहित अमेरिकामा छन् भने नेपालमा उनले दोस्रो बिहे गरेका छन्। 

अमेरिकाबाट फर्केपछि ‘सीधा कुरा जनतासँग’ टेलिभिजन कार्यक्रमबाट चर्चा कमाएका लामिछानेले पछिल्लो समय ‘ग्यालेक्सी टेलिभिजन फोर के’मा ‘सीधा कुरा’ कार्यक्रम चलाएका थिए। तर सञ्चारकर्म नै छाडेर लामिछाने हालै राजनीतिमा होमिएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad